बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • कारागारका कैदिबन्दीहरुलाइ एक दिने क्षयरोग सम्बन्धी शिबिर संचालन

कारागारका कैदिबन्दीहरुलाइ एक दिने क्षयरोग सम्बन्धी शिबिर संचालन

  • मङ्लबार, माघ ६, २०७७
कारागारका कैदिबन्दीहरुलाइ एक दिने क्षयरोग सम्बन्धी शिबिर संचालन

बाजुरा — जिल्ला अस्पताल बाजुराको अयोजनामा बाजुरा जिल्ला कारागार भित्र रहेका कैदि बन्दीहरुका लागि एक दिने क्षयरोग सम्बन्धी शिबिर संचालन गरिएको छ ।
धेरै भिडभाड र घुइचो भएको ठाउँमा बढि मात्रामा क्षयरोग देखीने भएकोले कारागारलाई लक्षित गरी सो शिबिर संचालन गरेको जिल्ला अस्पताल बाजुराका डाक्टर रुपचन्द बिश्वकर्माले बताएका छन ।
क्षयरोग सम्बन्धी लक्षण देखीएका सबै कदि बन्दीहरुको खकार जाँच गर्नुका साथै थप उपचार समेत गरिने शिबिरमा डाक्टर बिश्वकर्माले बताएका छन ।
सो सिबिरको एक कार्यक्रमका बिच संचालन गरिएको थियो । जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द बिश्वकर्माको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे रहेका थिए भने कार्यक्रमको बारेमा जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी नृपराज गिरीले स्वागत तथा शिबिरका बारेमा जानकारी गराएका थिए ।

No description available.
कार्यक्रममा प्रमुख अतिथी समेत रहेका प्रमुख जिल्ला अधिकारी गैह्रेले बिश्व महामारीका रुपमा रहेको कोरोना संगै बिभिन्न स्वास्थ्य गतिबिधी बढाउन जिल्ला अस्पताल बाजुराको अहम भुमीका रहेको र यो शिबिरमा पनी जिल्ला अस्पतालाको कार्यको उच्च सम्मानका गर्नुपर्ने बताए । जिल्ला अस्पताल बाजुराले गर्दै आएका कार्यहरुले जिल्लाको स्वास्थ्य क्षेत्रमा सुधार हुने भएकोले थप कार्यका लागि जिल्ला प्रशासनले गर्नुपर्ने कार्यमा कुनै कमी नहुने बताए ।
यता जिल्ला कारागारमा रहेका कैदि बन्दी हरुलाई पनी जिल्ला अस्पतालको पुरै टिम यहाँ आएकोले जुनसुकै बिरामी भए पनी चेक जाँच गराउन प्रमुख जिल्ला अधिकारी गैह्रेले आग्रह गरेका थिए ।
सो शिबिर १ दिन रहेकोले त्यहाबाट क्षयरोग सम्बन्धी कुनै लक्षण देखा परेकाहरुको खकार जिल्ला अस्पतालमा ल्याएर ल्यावमा परिक्षण समेत गर्ने जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, गुल्मपती नेपाल प्रहरी र ससस्त्र प्रहरी बलका प्रहरी नायव उपिरक्षक स्वास्थ्य कर्मी पत्रकार लगायतकाे उपस्थिती रहेकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार