बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा कम्प्युटर, जुताचप्पल र कपडा चाेरेकाे आरोपमा २ जना युवक पक्राउ

बाजुरामा कम्प्युटर, जुताचप्पल र कपडा चाेरेकाे आरोपमा २ जना युवक पक्राउ

  • सोमवार, माघ ५, २०७७
बाजुरामा कम्प्युटर, जुताचप्पल र  कपडा चाेरेकाे आरोपमा २ जना युवक पक्राउ

बाजुरा —  त्रिवेणी नगरपालिका वडा नं. ८ पन्तालीमा विद्यालयको सामान कम्प्युटर र पसलमा जुता, जपल, कपडा र रिचार्ज चोरेको आरोपमा दूई जनालाई पक्राउ परेका छन ।
उनले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका वडा नं. ८ पन्तालीका १५ वर्षीय चिरन साउद र सोहि ठाउंका १७ वर्षीया सोविन साउदलाई प्रहरीले पक्राउ गरेको बडिमलिका प्रहरी चोकी इन्चार्ज हरिसिंह भाटले बताएका छन् ।
त्रिवेणी नगरपालिका वडा नं.८ पन्तालीको विद्यालयमा कम्प्युटर र पसलमा जुता जपल कपडा र रिचार्ज लगायतका सामानहरु चोरी भएको थियो। विद्यालय र पशलमा सामान चोरी भएपछि प्रहरीले खोजि कार्य सुरु गरेको पाचं दिन पछी दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
रिचार्ज चोरि गरेको पसलवालाले रिचार्जको पिङ नम्बर आफुसँग राखेका थिए सो रिचार्ज पीङ नम्बर नेपाल टेलिकमलाई सोध्पुछ गर्दा  चोरहरु पता लागेको प्रहरीले जनाएकाे छ। थप अनुसन्धानका लागि दुवै जना युवकलाई जिल्ला प्रहरी कार्यलय बाजुरामा पठाएकोे बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार