शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा थापा

राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा थापा

  • सोमवार, माघ ५, २०७७
राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा थापा

काठमाडौं — नेपाल राष्ट्र बैंक कर्मचारी संघ, थापाथलीको नयाँ कार्यसमिति चयन भएको छ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ, थापाथली समिति तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंक थापाथली ईकाइको हालै सम्पन्न एकता अधिवेशनले कुमार थापाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा वासु रिजाल, सचिवमा वेदनिधि (वि.एन.) सापकोटा, सहसचिवमा लुमणि खनाल, कोषाध्यक्षमा प्रकाश पोखरेल तथा सदस्यहरुमा राजेश अर्याल, शोभा पाठक, प्रकाश अधिकारी, टंक प्रसाद वाग्ले चयन भएका छन् ।

निर्वाचित पदाधिकारीहरुलाई एकता संयोजन समितिका संयोजक तथा नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष रुद्रप्रसाद तिम्सिना एवम् संघका महासचिव गोविन्द प्रसाद भण्डारीले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार