मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अफगानिस्तानमा सर्वोच्च अदालतका दुई महिला न्यायाधिसको गोली हानी हत्या

अफगानिस्तानमा सर्वोच्च अदालतका दुई महिला न्यायाधिसको गोली हानी हत्या

  • सोमवार, माघ ५, २०७७
अफगानिस्तानमा सर्वोच्च अदालतका दुई महिला न्यायाधिसको गोली हानी हत्या

अफगानितानमा सर्वोच्च अदालतका दुई महिला न्यायाधिसको गोली हानी हत्या भएको छ । अधिकारीले यसबारे जानकारी दिएका हुन् । अदालतका प्रवक्ताले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारी अनुसार दुई महिला एक बहानमार्फत् कार्यालय जाँदै थिए तब बन्दुकधारीले उनीमाथि हमला गरेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानबाट आफ्नो सेना हटाउन जारी राखेका बीच पत्रकार, समाजिक कार्यकर्ता र राजनीतिक हस्तीलाई निशाना बनाइएको यो ताजा मामिला हो । अब अफगानिस्तानमा अमेरिकी सेनाको संख्या २,५०० रहेको छ । अफगानिस्तानका उप–राष्ट्रपतिले यो हप्ता बीबीसीसँगको कुराकानीमा भने, ‘पहिल्यैदेखि अस्थिर देशमा अमेरिकी सेना हटेपछि थप हिंसाको आशंका छ ।’

आइतबार के भयो ?

महिलामाथि बिहानै घातक हमला भएको हो । यसमा उनीहरुका ड्राइभइर पनि घाइते भए । यो घटना काबुलको कला–ए–फतुल्लाह इलाकामा भएको हो । अहिलेसम्म यसको कसैले जानकारी लिएको छैन ।

पछिल्लो हत्याका लागि तालिबानमाथि शंका जताइएको छ तर यी चरमपन्थीले यी हत्याको कुरा स्विकारेका छैनन् । तालिबानका प्रतिनिधि तथा दोहामा अफगान सरकारबीच चलिरहेको शान्तिवार्ताका बीच यो टारगेट हत्या भएको हो । ।

चर्चामा

सम्बन्धित समाचार