शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • नेकपामा चरम गुटबन्दि चलिरहेका बेला मौन छन्, सांसद बल्देब रेग्मि

नेकपामा चरम गुटबन्दि चलिरहेका बेला मौन छन्, सांसद बल्देब रेग्मि

  • शुक्रबार, माघ २, २०७७
नेकपामा चरम गुटबन्दि चलिरहेका बेला मौन छन्, सांसद बल्देब रेग्मि

बाजुरा–नेकपामा चरम गुटबन्दि भइरहेका बेला बाजुरा प्रदेश क का सांसद बल्देब रेग्मि भने मौन बसेका छन् । केन्द्र देखि जिल्ला तह हुदै गाँउ सम्म केपी र प्रचण्ड पक्षले अलग अलग भेला गरेको भएपनि बल्देब रेग्मि भने अहिले सम्म कतै पनि खुलेका छैनन् ।
केपी र प्रचण्ड पक्षले आ आफ्नो गुटमा आएको बताइरहेको भएपनि बडिमालिका खबर सँग सांसद रेग्मिले अहिले भने कता जाने भन्ने निर्णय भइ नसकेको वताए । अहिले गुटबन्दि गर्न आबश्यक नरहेको बताएका छन् । रेग्मि भिम रावल पक्षधरका रुपमा चिनिदै आएपनि अहिले किन मौन बसे भन्ने सबैमा प्रश्न उब्जिएको छ ।
बाजुरा नेकपा विवादले निकै स्थान पाएको छ । गाँउ समाजमा मात्र नभइ सामाजिक सञ्जालमा असभ्य तरिकाले एकअर्कालाई खेदो खन्ने काम भइरहेको छ । सांसद रेग्मिलाई शुदुरपश्चिम प्रदेशमा प्रचण्ड पक्षधरको कित्तामा राखेको भएपनि उनि भने प्रष्ट खुलेका छैनन् । उनि अहिले सम्म दुबैको भेला कतै सहभागि भएका छैनन्, अर्को उनका जिल्लामा रहेका कार्यक्रतालाई पनि अहिले हतारको निर्णय नगर्न आग्रह गरेका छन् ।
रेग्मिले बडिमालिका खबर सँग टेलिफोनमा भने म एकताको पक्षमा हो, अर्कोे पाटि फुटेको नै छैन्, अहिले कसैको पनि गुटमा गुटबन्दिमा लाग्न आबश्यक नरहेको वताए । समय आएपछि मात्र आफु कता लाग्ने तब मात्र थाहा हुने वताए । साथै जिल्लामा सबैलाई उत्तेजित नहुन आग्रह समेत गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार