शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • इन्डोनेशियामा शक्तिशाली भूकम्प, कम्तिमा ३४ जनाको मृत्यु

इन्डोनेशियामा शक्तिशाली भूकम्प, कम्तिमा ३४ जनाको मृत्यु

  • शुक्रबार, माघ २, २०७७
इन्डोनेशियामा शक्तिशाली भूकम्प, कम्तिमा ३४ जनाको मृत्यु

एजेन्सी —  इन्डोनेशियाको सुलावेसी टापूमा स्थानीय समयअनुसार शुक्रबार बिहान ६ दशमलव २ रेक्टर स्केलको भूकम्प जाँदा कम्तिमा ३४ जनाको मृत्यु भएको छ । भवनहरु भत्कँदा ६ सय जनाभन्दा धेरै घाइते भएको अधिकारीहरुले बताएका छन् ।

यस भूकम्पको केन्द्रविन्द्रू मेजीन शहरको उत्तरपूर्वतर्फ ६ किलोमिटर टाढा रहेको अधिकारीहरुले जनाएका छन् । भूकम्पपछि कम्तिमा १५ हजार जनाले घर छाडेका छन् । मेजिनको उत्तरतर्फ अस्पताल भवन भत्कदाँ दर्जनौं बिरामी र कर्मचारीहरु भग्नावशेषमै पुरिएका छन् ।

अहिलेसम्म मामुजुमा कम्तिमा २६ जना तथा पश्चिमी सुलावेसीमा कम्तिमा ८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । ‘यो संख्या बढ्न सक्छ । तर नबढोस् भन्ने हाम्रो कामना छ । धेरै मृतकहरुलाई भग्नावेशषमै पुरिदैंछ,’ मामुजु विपद् व्यवस्थापन एजेन्सीका अली रहमानले भने ।

अनलाईनमा पोस्ट गरिएका तस्विर र भिडियोले क्षतिग्रस्त भवन र ध्वस्त संरचनामा पुरिएकाहरुको अवस्था देखाउँछ । भूकम्पका कारण विद्युतको आपूर्ति बन्द भएको तथा पश्चिम सुलावेसीस्थित एक होटल र गर्भनरको कार्यालयमा ठूलो क्षति भएको विपद् व्यवस्थापन एजेन्सीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार