शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • बाइडेनको सपथ समारोहमा लेडी गागा र जोनिफरको प्रस्तुति रहने

बाइडेनको सपथ समारोहमा लेडी गागा र जोनिफरको प्रस्तुति रहने

  • शुक्रबार, माघ २, २०७७
बाइडेनको सपथ समारोहमा लेडी गागा र जोनिफरको प्रस्तुति रहने

एजेन्सी । अमेरिकी नवनिर्वाचि राष्ट्रपति जो बाइडेनको सपथ समारोहमा सुरक्षा व्यवस्था कडा पारिने भएको छ । सुरक्षा व्यवस्थाका लागि हज्जारौं नेशनल गार्डका जवानहरु तैनाथ गर्ने तयारी गरिएको छ । समाचार एजेन्सी रोयर्टसका अनुसार ट्रम्प समर्थकहरुले कुनै आक्रमण गर्न सक्ने आंकलन गर्दै सुरक्षा व्यवस्था कडा गरिएको हो । त्यसका लागि सुरक्षाका थुप्रै घेरा बनाइएको जनाइएको छ ।

ट्रम्पमाथि दोश्रोपटक महाअभियोग लगाइएपछि उनका समर्थकहरु हिंस्रक हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै बाइडेनको सपथ समारोहमा सुरक्षा व्यवस्था कडा पार्नुपरेको स्थानीय सुरक्षा अधिकारीहरुले बताएका छन् । त्यसका लागि संसद भवन वरिपरि तारबार लगाउने लगायतका कामहरु भैरहेका छन् । त्यहाँ लागि नेशनल गार्डका थुप्रै जवानहरु तैनाथ गरिएको जनाइएको छ ।

सपथ समारोहमा लेडी गागा र जोनिफरको प्रस्तुति

बाइडेनको सपथ ग्रहण समारोहमा लेडी गागा र जोनिफर लोपेजले आफ्नो सांगितिक प्रस्तुति दिने छन् । समाचार एजेन्सी एपीका अनुसार जनवरी २० मा हुने सो सपथ समारोहमा लेडी गागाले अमेरिकी राष्ट्रिय गान गाउनेछिन् भने लोपेजले आफ्नो सांगितिक प्रस्तुति दिनेछिन् ।

चर्चामा

सम्बन्धित समाचार