बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश १
  • अब एकै क्लिकमा देशभरको माटोबारे जानकारी पाइने

अब एकै क्लिकमा देशभरको माटोबारे जानकारी पाइने

  • शुक्रबार, माघ २, २०७७
अब एकै क्लिकमा देशभरको माटोबारे जानकारी पाइने

अब देशका जुनसुुकै कुनाको माटोबारे जानकारी लिन कम्प्युटरमा एक पटक क्लिक गरे पुुग्ने भएको छ । त्यसका लागि कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले देशैभरको माटोलाई विद्युतीय नक्साङ्कन (डिजिटल म्यापिङ) गर्ने भएको छ ।

देशैभरको जुनसुकै कुनाको माटोबारे जानकारी लिन विद्युतीय नक्साङ्कन तयार भइरहेको र कसैलाई कुनै ठाउँको माटोको गुणस्तरबारे जानाकारी लिनुुछ भने एक क्लिक गरे पुुग्ने कृषि मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीले जानकारी दिए । यो विद्युतीय नक्सा तयार भएपछि प्रदेश, जिल्ला, पालिका, वडाको मात्रै होइन कुनै बिन्दुुमा एक क्लिक गरेपछि त्यहाँको माटोको गुणस्तरबारे जानकारी पाउन सकिने गरी नक्साङ्कन भइरहेको उनले बताए । हालसम्म ५७ वटा जिल्लाबाट २३ हजार नमुना सङ्कलन गरेर त्यसको विश्लेषण भइसकेको र अरू जिल्लाको पनि सङ्कलन गर्ने कार्य जारी रहेको उनले जानकारी दिए ।

माटो परीक्षण स्याटेलाइटमार्फत भइरहेको अन्तर्राष्ट्रिय मल विकास केन्द्रका माटो वैज्ञानिक डा. यम गैरेले बताए । विभिन्न ठाउँबाट २३ हजार नमुना सङ्कलन भएको र त्यसको आधारमा अन्य ठाउँको माटोलाई स्याटेलाइटमार्फत माटो परीक्षण गरिएको उनले जानकारी दिए ।

यो माटोसम्बन्धी विद्युतीय नक्साङ्कन लागि सार्क मुलुकमै नेपाल नै पहिलो देश हुने उनले बताए । सार्कको सबभन्दा ठूलो देश भारतमा समेत यस्तो नक्सा छैन । यो नक्सा कार्यान्वयनमा आएपछि नेपाल नै पहिलो हुनेछ । गोरखापत्रमा खबर छ ।

चर्चामा

सम्बन्धित समाचार