बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा घरेलु भरुवा बन्दुक सहित ४ जना पक्राउ, के के बरामत भयाे हेर्नुहाेस

बाजुरामा घरेलु भरुवा बन्दुक सहित ४ जना पक्राउ, के के बरामत भयाे हेर्नुहाेस

  • बुधबार, पुस २९, २०७७
बाजुरामा घरेलु भरुवा बन्दुक सहित ४ जना पक्राउ, के के बरामत भयाे हेर्नुहाेस
 बाजुरा — घरेलु भरुवा बन्दुक सहित ४ जना पक्राउ परेका छन । बडिमालिका वडा न ३ रजालीका ४ जनालाई बन्दुक सहित प्रहरीले प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जंगली जनावरको सिकार गर्नका लागि गाउँको छानामा राखेको अबस्थामा प्रहरीले फेला पारेर २ बन्दुक १ बनाउन राखीएको अबस्था राखीएको बन्दुक सहित ४ जनालाई रङ्गे हात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक अर्थात सुचना अधिकारी लोकेन्द्र सिहं ठगुन्नाले बताएका छन । नन्द ल्वार र बिरभाने ल्वारको छानाबाट सो बन्दुक र बन्दुक बनाउन तयारी अबस्थामा राखीएको बन्दुक सहित बरामत गरीएको सुचना अधिकारी ठगुन्नाले बताएका छन ।
ति ४ जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइसकेको र अनुसन्धन प्रक्रिया अगाडी बढाउन बताएका छन । उनलाई हात हतियार तथा खर खजना सहित मुद्धा दर्ता हुने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
No description available.

चर्चामा

सम्बन्धित समाचार