शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाद्धारा बडिमालिका मिडिया हाउसलाई सम्मान

बडिमालिका नगरपालिकाद्धारा बडिमालिका मिडिया हाउसलाई सम्मान

  • मङ्लबार, पुस २८, २०७७
बडिमालिका नगरपालिकाद्धारा बडिमालिका मिडिया हाउसलाई सम्मान

बाजुरा — बाजुरा जिल्लाकाे बडिमालिका नगरपालिकाले बाजुराबाटै संचालित बडिमालिका मिडिया हाउसद्धारा संचालित बडिमालिका खवरलाई सम्मान गरेकाे छ । गत बर्ष चैत ११ गते देखि भएकाे लकडाउन काेभिट १९ काे बेला गत साउनमा अबिरल बर्षासंगै भएकाे बाढि र पहिराेका बेला संचारमाध्यामले खेलेकाे उल्लेख्य भुमिका निर्बाह गरेकाे भन्दै नगरपालिकाकाे ८ अाै नगरसभाबाट सम्मान गरेकाे हाे । बडिमालिका नगरपालिकाे अाठाैँ नगर सभाकाे निर्णय सार्बजनिकिकरण तथा काेभिट १९ रबिपत सुरक्षा एबं सम्मान कार्यक्रमकाे अायाेजना गरि साे सम्मान गरिएकाे नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताएका छन ।

याे संगै जिल्लामा संचालित रेडियाे बाजुरा, रेडियाे पाैरखी, नागरिक खवर अनलाईन, किनारा न्युज, नजिक न्युज, रेडियाे बार्जु, रेडियाे बुढिनन्दा र नेपाल पत्रकार महासघं बाजुरा शाखालाई पनि सम्मान गरेकाे नगर प्रमुख बडुवाल बताएका छन् । साेहि कार्यक्रममा जिल्ला सरकारी तथा गैर सरकारी संस्थाहरूले पनि काेभिट १९ का बेला गरेकाे उल्लेखनिय कार्य गरेवापत सम्मान गरेकाे बडिमालिका नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रङ्गमल बिकले बताएका छन् । त्यसै गरि काेभिट १९ का बेला काेराेना महामारीका बिच क्वारिन्टाईन बनाएका बिद्यालयहरूलाई पनि सम्मान गरेकाे छ ।
बडिमालिका नगरपालिका नगर प्रमुख पदम बडुवालकाे अध्यक्षतामा संचालन भएकाे कार्यक्रममा नगर उपप्रमुख कबिता बिष्ट प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे लागायत अथिति रहेकाे कार्यक्रमकाे संचालन प्रमुख प्रशासकिय अधिकृत रंगमल बिकले संचालन गरेका थिए । साे कार्यक्रम बडिमालिका नगरपालिकाकाे शभाहलमा संचालन भएकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार