शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बलिउड/हलिउड
  • नायिका नुसरतः भन्छिन्, ‘राम्रो होस् वा नराम्रो, यो मेरो जीवन हो’

नायिका नुसरतः भन्छिन्, ‘राम्रो होस् वा नराम्रो, यो मेरो जीवन हो’

  • सोमवार, पुस २७, २०७७
नायिका नुसरतः भन्छिन्, ‘राम्रो होस् वा नराम्रो, यो मेरो जीवन हो’

बंगाली नायिका तथा तृणमूल कांग्रेसकी सांसद नुसरत जहांले पहिलो पटक आफ्नो विवाह र नयाँ सम्बन्ध बारे कुरा गरेकी छिन् । नुसरतले सन् २०१९ जून १९ मा व्यापारी निखिलसँग विवाह गरेकी थिइन् । भारतीय मिडिया उनी आफ्ना सह–कर्मी यश दासगुप्तालाई डेट गरिरहेको अफवाह फैलिएको छ ।

यसका साथै नुसरतको निखिल जैनसँगको सम्बन्ध निकै खराब अवस्थाबाट गुज्रिरहेको पनि बताइँदै छ । साथै, उनीहरुले चाँडै सम्बन्धविच्छेद गरेर नुसरतले यश दासगुप्तालाई विवाह गर्ने कुरा पनि चर्चाको विषय बनेको छ । उनीहरु हालै छुट्टी मनाउन सँगै गएको पनि बताइएको छ ।
नुसरतले कलकत्ता टाइम्ससँगको कुराकानीमा  यसबारे कुरा गरेकी छिन् । उनी भन्छिन्, ‘मेरो नीजि जीवनका सम्बन्धहरु सार्वजनिक हुनुपर्छ भन्ने मान्यता म राख्दिनँ । मानिसहरुले मलाई सधैं ट्रायलमा राखे । तर यसपाली म केही प्रतिक्रिया दिन्नँ । मानिसहरुले मलाई मेरो अभिनयका लागि मात्रै जज गर्न सक्छन्, त्योभन्दा बाहेक अरु कुनै कुरामा गर्न पाउँदैनन् । मेरो जीवन, राम्रो होस् वा नराम्रो, यो मेरो नीजि जीवन हो र यसबारे म कसैलाई पनि जानकारी दिन्नँ ।’

यसका साथै, यशले पनि यसबारे प्रतिक्रिया दिँदै भनेका छन्, ‘म प्रत्येक वर्ष भ्रमणका लागि जान्छु र यसपटक म राजस्थान गएँ । त्यहाँ जो पनि जान सक्छ नि, होइन त ? नुसरतको विवाहको कुरा छ, मलाई उनको नीजि जीवनबारे केही थाहा छैन । यसबारे सम्बन्धित व्यक्तिलाई नै सोध्नुहोस् ।’

यसका साथै निखिलको पछिल्लो इन्स्टाग्राम पोस्टले धेरै कुरा बताउँछ । यसमा उनले एउटा सेल्फी पोस्ट गर्दै लेखेका छन्, ‘फिल्टर, फिलर र फलोअर्सको पछाडि कहिले पनि नलाग्नुहोेस् । कर्म, अन्तरआत्मा र आशासहित उदाउनुहोस् ।’
स्मरण रहोस्, निखिल जैनसँग विवाह पछि नुसरत जहांले सिन्दुर लगाएको र हिन्दु रितिरिवाजलाई अनुसरण गरेको भन्दै निकै ट्रोल भएकी थिइन् । उनी थुप्रै मानिसहरुको निशानामा पनि आएकी थिइन् ।

चर्चामा

सम्बन्धित समाचार