शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • श्वेताको दोस्रो विवाहको खर्च विवरण भयो सार्वजनिक

श्वेताको दोस्रो विवाहको खर्च विवरण भयो सार्वजनिक

  • सोमवार, पुस २७, २०७७
श्वेताको दोस्रो विवाहको खर्च विवरण भयो सार्वजनिक

फिल्म कहाँ भेटिएलाबाट नेपाली चलचित्रमा डेब्यू गरेकी नायिका श्वेता खड्काले करोडपति ब्यबसायीका छोरा विजयेन्द्रसँग धुमधामले विबाह गरिन् । सिन्धुपाल्चोकमा माझीबस्ती निर्मण गरिसकेी श्वेताले विजयेन्द्रसँग धुमधामसँग नेपालको सबैभन्दा महंगो ५ तारे होटल गोकर्ण रिर्सोटमा धुमधामले गरिन् । श्वेताले करोडौँ खर्च गरेर गरिन् । श्वेता र विजयेन्द्रको विबाह १ करोडको हाराहारीमा खर्च भएको बताइन्छ । ३ दिनसम्म चलेको विबाह नेपाली चलचित्र उद्योगकै सर्वाधिक महंगो बिहे भएको बताइन्छ । जुन विबाहलाई अहिलेसम्मको भव्य विबाह भएको समेत बताइन्छ ।

धुमधामले विबाह सकिए लगत्तै श्वेता पनि विजयेन्द्रका साथ परिवारका सबै सदस्यहरुसँग अन्तरवार्तामा देखिएकी छिन् । एक युट्युवसँगको कुराकानीका क्रममा श्वेतालाई उनकी सासुले श्वेतालाई बुहारीको रुपमा नभई छोरीको रुपमा स्विकारेको बताएकी छिन् ।

श्वेताकी सासुले श्वेता आफ्नो कान्छो छोराको पेमिकाका रुपमा घरमा आएका कारण श्वता बुहारीका रुपमा भित्रिए पनि आफ्नो छोरी नभएका कारण पनि श्वेतालाई छोरीकै ब्यबहार गर्ने उनले बताइन् ।

सो अवसरमा श्वेताका ससु्राले श्वतेतालाई बुहारीको रुपमा स्विकार्न पाउँदा आँफुहरुको छाती पनि चौडा भएको बताए । त्यस्तै श्वेताका जेठाजु दिपेन सिंह रावतले श्वेतालाई बुहारीको रुपमा स्विकार्न पाउँदा निकै खुशी लागेको बताए ।

त्यस्तै श्वेताका पति विजयेन्द्र सिंह रावतले आँफुले श्वेतालाई प्रस्ताव राखेको र श्वेताले आफ्नो परिवारको नाम अझै उज्जल बनाउन भूमिका खेलेको बताए । खुशी आँफुले नदिई श्वेताले दिएको तर आँफुले श्वेतालाई मन पराएर साथ दिएको विजयेन्द्रले बताए ।

विजयेन्द्रले आँफुहरुले पछिल्लो २ महिनादेखि लुकेर डेटिगं गरिरहेको समेत उक्त अन्तरवार्तामा बताएका छन् । उक्त अन्तरवार्तामा श्वेताकी जेठानी दिदी सुजताले पनि रावत परिवार निकै शान्त, सभ्य र ब्यबस्थित बनेको बताइन् ।

श्वेताकी सासुले सुजातालाई हुनेवाला जेठी बुहारी भनेर परिचय गराइन् । सुजाताले औपचारिक रुपमा विबाह नगरेको भएतापनि परिवारले भने स्विकारिसकेको छ ।

हेर्नुहोस् भिडियो:

 

चर्चामा

सम्बन्धित समाचार