शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा मार्तडी बजारमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते

बाजुरा मार्तडी बजारमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते

  • आइतवार, पुस २६, २०७७
बाजुरा मार्तडी बजारमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते

बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा मोटर साइकलको ठक्करबाट १ जना महिला घाइते भएकी छन । माथिल्लो बजारबाट तलतिर जादै गरेको  से १ ब ९५९८ नम्मरको मोटरसाइकलले मार्तडीकाे गैरीबजारमा  ठक्कर दिएर बडिमालिका नगरपालिका ८ का काशी थापाकी श्रीमती अन्दाजी ४५ बर्षकी लुडी थापा घाइते भएकी प्रहरीले जनाएको छ । नेकपाकाे र्यालीमा झण्डा सहित निस्केकाे माेटर साइकलले ठक्कर दिएर  महिला घाइते भएकी प्रहरीकाे भनाइ रहेकाे छ ।
घाइते भएकी थापालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ । मोटर साइकल र मोटर साइकल चालक जेशिस रावल प्रहरीकाे नियन्त्रणमा लिइसकेकाे प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार