आइतवार, बैशाख २६, २०७८
  • होमपेज
  • कला /साहित्य
  • संघियता फाली मर्न पाम

संघियता फाली मर्न पाम

  • आइतवार, पुस २६, २०७७
संघियता फाली मर्न पाम

अखण्ड देशकै लागि संघियता फाली मर्न पाम,
सदै देश भित्र बगेको देखि महाकाली मर्न पाम।

सयौँ जात जातिको शुन्दर फुलबारी भित्र रमौदै,
यहि बन पाखा र पखेरामै मन बसालि मर्न पाम।

छ मनमा परदेशीको एउटा मात्र ईच्छा आकंक्षा,
आफ्नै देशको झण्डा सदैभरी उचाली मर्न पाम।

काम त जता गरेपनि जनम गाउँ काउलेपानी हो,
बाँच्दा सम्म सदै बनेर आफुनै लेखाली मर्न पाम।

हो आफ्नो प्राण गएपनि देश बाँचिरहौश सदियौँ,
बनेर हिमाल पहाड तराईको रखवाली मर्न पाम।

हाम्रो देशमा सबै जाति भाषाकै सम्मान हुँनु पर्छ,
यो परिवारमा देखेर शम्बन्ध खुसहाली मर्न पाम।

एउटै देशका हामि नेपाली सबै कोई छैनौ पराया,
मन मा बसालि तराई पहाड र हिमाली मर्न पाम।

सबैको आ-आफ्नै होला यो सेते को झैँ आकंक्षा,
यत्ति छ ख्वाईस सदैलाई भएर नेपाली मर्न पाम।

चर्चामा

सम्बन्धित समाचार