आइतवार, बैशाख २६, २०७८
  • होमपेज
  • कला /साहित्य
  • नीजि स्वार्थमा नै कटपुत्लि नाच नाचेपछि

नीजि स्वार्थमा नै कटपुत्लि नाच नाचेपछि

  • शनिबार, पुस २५, २०७७
नीजि स्वार्थमा नै कटपुत्लि नाच नाचेपछि

आफ्नै देशलाई बर्बाद पारेर रमाएका छन,
संसदलाई फिल्डमा उतारेर रमाएका छन।

आफ्नो घरमा आगो लगाई छिमेकी सेक्ने,
सोझा जनताहरु लाई मारेर रमाएका छन।

भाई भाई लडेर दुश्मन हँसाउँने पाजि नेता,
देशनै गरिबी रेखा तल झारेर रमाएका छन।

बिदेशी रोग संघियता चोर ढोका बाट ल्याई,
अखण्ड देश नै टुक्रामा सारेर रमाएका छन।

कहिले बन्दुक बोकाए कहिले रिण बोकाए,
देशका जनताहरु लाई खारेर रमाएका छन।

देखि रहेकाछौँ हामि नेताहरुको कर्तुतलाई,
देशको बिकाश लाई नै बारेर रमाएका छन।

नीजि स्वार्थमा नै कटपुत्लि नाच नाचेपछि,
हाम्रा नेता बिदेशी सँग हारेर रमाएका छन।

चर्चामा

सम्बन्धित समाचार