बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • कुष्ठरोगीलाइ तिरस्कारपछि स्वास्थ्यकर्मी शाही स्वास्थ्य सन्देशका लागि घरमै पुगे

कुष्ठरोगीलाइ तिरस्कारपछि स्वास्थ्यकर्मी शाही स्वास्थ्य सन्देशका लागि घरमै पुगे

  • शनिबार, पुस २५, २०७७
कुष्ठरोगीलाइ तिरस्कारपछि स्वास्थ्यकर्मी शाही स्वास्थ्य सन्देशका लागि घरमै पुगे

बाजुरा — हिमाली गाँउपालिका ७ बाधु बस्ने ७० बर्षिया अनकला आउजी कुष्ठरोग लागेको जानकारी पछि घर परिवार र समाज बाट तिरिस्कार भईन् । उनलाई तिरिस्कार गरेको जानकारी भएपछि बुढिनन्दा नगरपालिकामा कार्यरत जनस्वास्थ्य निरिक्षक ओमजङ्ग शाही अनकलाको घरमै पुगेका छन् । शाहि अनकलाको घरमा पुगेर समुदायकालाई भेला गराएर स्वास्थ्य सन्देश सँगै कुष्ठरोगको बारेमा सचेतना दिएका छन् ।
अनकला औषधिका लागि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा पुग्दा आफुलाई कुष्ठरोग लागेको जानकारी भएपछि घर परिवारले अलगै राखेको वताएकि थिईन् । अनकलाले रुदै मलाई अपहेलना गर्छन्, बिभेद गर्छन्, भने पछि शाही घरमै पुगेर समुदायलाइ भेला गराएर बिभेद नगर्न आग्रह गरेको वताए ।
स्वास्थ्यकर्मी ओमजंग शाहिले भने अनकलालाई कुष्ठरोग लागेको थाहा पाएपछि घरपरिवारले बिभेद गर्ने गरेको अलगै राखेको वताए । अनकलाले औषधि खाएको १० महिना भइसकेको यो रोग नसर्ने र उनले १२ महिना सम्म औषधि खाए सञ्चो हुने शाहिले समुदायलाई वताएका थिए । कुष्ठरोगिले आगो पानि बाट अलग हुनुपर्छ आफै खाना पकाउदा हात जल्ने सम्भाबना हुने उनले वताए । शाहिले वडा अध्यक्ष सहित लाई बोलाएर सबैलाई जम्मा गरेर अनकलालाई बिभेद नगर्न आग्रह गरेका थिए । शौचालयमा ताला लगाएको थियो, त्यो प्रयोग गर्नका लागि सबै सँग कुरा गरेर आएको शाहिले वताए ।
अनकलालाई कुष्ठरोग लागेको १ बर्ष पहिला थाहा भएको थियो । आइएनएफ नामक गैरसरकारी संस्थाले उनलाई नेपालगञ्ज लगेर उपचार शुरु गरेको थियो । उनले केही महिना औषधि खाइसकेपछि गाँउ फर्केकि थिईन् । यो रोग सर्छ भनेर यिनलाइ घरपरिवारले घरको गोठमा अलगै राखिएको थियो ।
रोग सर्छ भनेर घरपरिवार समाजले शौचालय जान रोक समेत लगाएका छन् । रुदै अनकलाले भनिन्, घरमा बुहारि सर्मीला आउजीले ताला लगाईन्, तिन महिना देखी खुला ठाँउमा शौच गर्ने गरेको बताईन् । घरपरिवारले उनलाई अलगै गोठमा राखेका छन्, खाना अलगै पकाएर खाने गरेकि छन् । बुढेशकालमा आफै दाउरा पानि सबै आफैले ल्याएर खाना पकाउने गरेकि बताईन् । रोग लागेको भनेर हेला गर्छन्, आफुलाई कोही नछुने गरेको अनकलाले वताईन् । चिसोमा गोठमा तातो लुगा समेत नभएको उनले वताईन् ।
अनकला गोठमा बस्ने गरेकि छन्, उ बस्ने गोठको छेउमा शौचालय भएपनि बुहारीले ताला लगाएर माइती गएको वताईन् । छोरा कालिमान आउजी बम्बई रहेको उसलाई पनि भनेको आफुलाई अलग राखेको तर बुहारीले ब्यवास्ता गरेका वताईन् । अनकलाका श्रीमान धनवीरे आउजीको पहिला नै मृत्यु भइसकेको छ । घरपरिवारले त अलगै राखेका छन्, गाँउ समाजले पनि अपहेलना गर्ने गरेको उनले वताईन् ।
२ पुस्ता पहिला अनकलाकी सासु नाता लाग्ने साउनी आउजीलाई पनि कुष्ठरोग लागेको गाँउलले वताएका छन् । उनलाई गाँउलेले ओडारमा राखेको थियो, त्यहि ओडारमा मृत्यु भएको वताए ।
कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्यक्टेरियम लेप्र नामक शुक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग हो । यो रोगले खास गरेर छाला र स्नायुमा असर गर्छ । यो रोग लाग्दा रातो तथा हल्का फुस्रो रङ्गको दाग देखिने, अनुहारको छाला बाक्लो हुने, छालामा गिर्खा देखिने, स्नायुमा असर गर्दा हात खुट्टामा छुदाँ थाहा नहुनेुका साथै मांशपेशी पनि कमजोर हुने गरेको स्वास्थ्यकर्मी शाहिले वताए ।
कुष्ठरोग लागेपछि हात खुट्टा निरन्तर झमझम गर्नु, पोल्नु र निदाय जस्तो हुने गर्दछ । अनुहारमा कमिला हिँडे जस्तो हुनु र छालामा रगंहिन दाग देखिन्छ । दागमा कुनै बस्तुले घोचे पनि अनुभव नहुनु । आखीभैँ या आखाँको परेली कम देखिँदै जानु या झर्नु । आखाँ चिम्लिँदा पूरै बन्द नहुनु । हात खुट्टाका औँला कमजोर हुँदै खुम्चिएर अंगभंग हुने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार