शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • संसद् भवनमा हिंसा : चीनले भन्यो, ‘लोकतन्त्रको फोका फुट्यो’

संसद् भवनमा हिंसा : चीनले भन्यो, ‘लोकतन्त्रको फोका फुट्यो’

अमेरिकाको कर्मको फल : चिनियाँ मिडिया

  • शुक्रबार, पुस २४, २०७७
संसद् भवनमा हिंसा : चीनले भन्यो, ‘लोकतन्त्रको फोका फुट्यो’

‘द होल वर्ल्ड इज वाचिङ’ ‘पूरा विश्व हेरिरहेको छ’ सन् १९६८ मा जब प्रहरीले भियतनाम युद्ध प्रदर्शन गरिरहेकाहरुलाई पिटेका थिए तब प्रदर्शनकारीहरुले यो नारा बुलन्द गरेका थिए – द होल वर्ल्ड इज वाचिङ !

आज सन् २०२१ को सुरुवातमा लगभग ५३ वर्षपछि यही नारा जीवन्त बनेको छ, भलै परिदृश्य उल्टो भइरहेको छ । ट्रम्पका समर्थकहरुले वासिङ्टनस्थित क्यापिटल हिल यानी अमेरिकी संसद भवनभित्र पसेर उत्पात मच्चाएर लोकतान्त्रिक तरिकाबाट चुनिएको सरकारलाई चुनौति दिए । यो सबै कुरा पूरै विश्वले हेरिरहेका थिए ।

विश्वभर ‘लोकतन्त्रको ध्वजावाहक’ भएको दाबी गर्ने अमेरिकामा भइरहेको यस घटनाबाट पूरै विश्व आश्चर्यचकित थियो । अलग–लगत देशका प्रतिनिधि र आम जनताले अमेरिकाको स्थितिलाई लिएर चिन्ता जाहेर गरे । अमेरिकामा जे भइरहेको थियो, त्यसमा पूरै विश्वको मिडियाको नजर थियो । अखबरदेखि समाचार वेबसाइट र सामाजिक सञ्जालमा यस घटनालाई लिएर व्यापक प्रतिक्रिया हेर्न पाइयो ।

अमेरिकाको कर्मको फल : चिनियाँ मिडिया

चीनको सरकारी अखबार ग्लोबल टाइम्सको वेबसाइटमा अमेरिकालाई लिएर एउटा लेख प्रकाशित गरिएको छ । ग्लोबाल टाइम्सले चिनियाँ जनताले समाजिक सञ्जालमा पोष्ट गरेको सामग्रीको हवाला दिँदै लेखेको छ – अमेरिकामा जे भयो, त्यो उसको कर्मको फल हो र लोकतन्त्रको फोका फुटेको छ ।

ग्लोबल टाइम्सले सामाजिक सञ्जालमा प्रयोगकर्ताको पोष्ट सेयर गर्दै भनेको थियो – जब हङकङमा विरोध प्रदर्शन भएको थियो, अमेरिकाले प्रदर्शनकारीको साहसको प्रशंसा गरेको थियो र प्रदर्शनलाई ‘सुन्दर दृश्य’ भनेको थियो । ग्लोबल टाइम्सको यो लेखले राष्ट्रपति ट्रम्पको शासनकालमा चीन र अमेरिकाबीचको तनावपूर्ण सम्बन्ध दर्शाउँछ ।

उता, वासिङ्टन पोष्टले आफ्नो पहिलो पन्नामा प्रकाशित मुख्य खबरमा शीर्षक दिएको छ – ट्रम्प मब स्ट्रम्स क्यापिटल । यानी ट्रम्पले उक्साएको भीड संसद भवनमा घुस्यो । पोष्टले भीडलाई विद्रोह र हिंसाका लागि भड्काइयो ।

त्यस्तै, न्यूयोर्क डेलीले आफ्नो फ्रन्ट पेजमा ठूल्ठूलो अक्षरमा शीर्षक लेखेको छ, ‘सीज’ (कब्जा । अखबारले यसलाई यस्तो दिन बताएका छ, जुन जहिले पनि बदनाम हुनेछ ।

बेलायती अखबार द टेलीग्राफले यसलाई डेमोक्रेशी अन्डर सीज यानी लोकतन्त्रमाथि कब्जा भनेको छ भने डेली एक्सप्रेुले एनार्की इन द यूएसए अर्थात् अमेरिकामा अराजकता भनेको छ ।

बीबीसी

चर्चामा

सम्बन्धित समाचार