शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुरा सदरमुकामका माशु पशलको अनुगमन

बाजुरा सदरमुकामका माशु पशलको अनुगमन

  • बिहिबार, पुस २३, २०७७
बाजुरा सदरमुकामका माशु पशलको अनुगमन

बाजुरा — बाजुरा जिल्लाको सदरमुकाममा रहेका माशु पशलहरुको अनुगमन गरिएको छ । बडिमालिका नगरपालिकाको आयोजनामा बजार क्षेत्रमा रहेका माशु पशलहरुको अनुगमन गरिएको हो ।  भारतमा केही दिन देखी देखीएको बर्डफुलु रोगको संक्रमण फैलिएको भन्ने खवर पश्चात पुर्ब साबाधानी अपनाउन माशु पशलको अनुगमनमा तिब्रता दिएको नगरपालिकाले जनाएको छ ।
मासु र मासुजन्य चिजहरुबाट लाग्ने रोगहरुका बारेमा माशुपशलहरुले साबाधानी तथा सरसफाई के कस्तो छ भन्ने बिषयमा अनुगमन गरिएको बडिमालिका नगरपालिका उप प्रमुख कबिता बिष्टले बताएकी छन ।
माशु पशलहरुमा सरसफाई, दर्ता पान नम्मर लिए नलिएको लगायतका कुराहरुको अनुगमन गरिएको अनुगमनमा समितिका सदस्य तथा जिल्ला प्रशासन कार्यालय बाजुराका प्रतिनिधी नयन बहादुर रावलले बताए ।
अनुगमनमा बडिमालिका नगरपालिका उप प्रमुख कबिता बिष्ट, जिल्ला पशु बिज्ञ केृन्द्र तथा भेटेनरी अस्पताल बाजुरा, घरेल् तथा साना उद्योग कार्यालय जिल्ला प्रशासन कार्यालय बाजुरा कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय नेपाल पत्रकार महानसघं लगायत बिभिन्न संचारमाध्याममा कार्यरत पत्रकाहरुको समेत सहभागीतामा अनुगमन गरिएको बडिमालिका नगरपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार