शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • रावलका केही साईनो

रावलका केही साईनो

  • बुधबार, पुस २२, २०७७
रावलका केही साईनो

१. नेताले च्यात्ने झण्डा
सिलाउने संविधान
आफै तोडे यो सरकार।।

२ .नेताका पास नोट
जनताका हात भोट
आयो परिणामको चोट।।

३. वितृष्णाको सम्झना
मनमोहक भावना
जीवन अनौठो कल्पना ।।

४. सदा झैँ बास बस्ने
घर बाहिरको यात्रा
समस्या असिना झैं खस्ने ।।

५. संविधान तोडियो
चुनाव आउने साल
नाट्यशाला बन्यो नेपाल।।

६. तोते बोलिमा छु म
साहित्यका शब्द रच्ने
गुलाबको यो साहाराले ।

७. आमा बुबाको आश
सँगै बस्नुपर्छ खास
नहोस् है कहिलै प्रवास।।

चर्चामा

सम्बन्धित समाचार