शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका खबरद्धारा बेसाहारा रति थापाको घर निर्माण

बडिमालिका खबरद्धारा बेसाहारा रति थापाको घर निर्माण

  • बुधबार, पुस २२, २०७७
बडिमालिका खबरद्धारा बेसाहारा रति थापाको घर निर्माण

बाजुरा–बडिमालिका नगरपालिका ९ बस्ने ६१ बर्षका रति थापाको बडिमालिका खबरले अपांग मैत्रि घर निर्माण गरि दिएकाे छ । रति थापा अलपत्र परेको समचार बडिमालिका खबरमा प्रकाशित भएपछि देश बिदेश बाट सहयोग प्राप्तपछि घर र शौचालय निर्माण भएको बडिमालिका खबरका प्रकाशक प्रकाश सिंहले वताएका छन् ।
रति थापा अलपत्र परेको समचार प्रकाशित पछि रति थापालाई नगद र लुगाकपडा सहयोग प्राप्त भएको छ । रति थापाको घर निर्माण तथा सहयोगका लागि देशबिदेश बाट सहयोग प्राप्त भएपछि घर निर्माण भएको छ । पुरानो घर भत्कने अबस्थामा थियो, अर्को अपांग मैत्रि पनि थिएन्, समचारमा आएपछि धेरैले सहयोग गरेका छन् । नयाँ घर निर्माण भएपछि अपांग रति थापालाई निकै सहज भएको स्थानिय शिक्षिका मनि थापाले वताएकि छन् ।

No description available.
बडिमालिका खबरकाे घर निमार्ण अभियान तथा सहयाेगमा मधुरी कुमारी श्रेष्ठले ५ हजार, निर्मला सुब्बाले ५ हजार, डा. शुन्दरमणि दिक्षितले ६२ हजार ५ सय, इन्द्रा गुरुङ्ग बाट ४ हजार, रसिक बुडाथोकी बाट २ हजार, मंगल थापा बाट ५ हजार, जङगु शेर्पाले ५ हजार, संगिता घिमिरले ७ हजार, करुना शाहले ४ हजार ५ सँय, यमुना खलेले ४ हजार ३ सय र संगम क्षेत्रिले ५ हजार सहयोग गरेका छन् । सहयोग रकम बाट लुगाकपडा किनेर सहयोग गरेका थियौ भने बाँकि रकम बाट घर निर्माण गरिएको छ । अपांग मैत्रि घर सँगै शौचालय निर्माण भएको बडिमालिका खबरका सम्पादक लक्ष्मिराज पाध्यायले वताएका छन् ।

No description available.
समचारमा रतिको अबस्था निकै दयनिय रहेको र उनलाई क वर्गको परिचय पत्र दिनुपर्ने अबस्था देखेपछि घरमै पुगेर क वर्गको परिचय पत्र दिएको बडिमालिका नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत रंगमल बिकले वताए । नगरपालिकामै परिचय पत्र दिने हो उनको अबस्था जटिल र उनलाई बोकेर ल्याउने कोही नभएपछि घरमै गएर परिचय पत्र बितरण गर्न लगाएको बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले वताएका छन् ।

No description available.
रति थापा जन्मजात देखि अपांग रहेका उनि घरको एक्लो सदस्य रहेका छन् । बुढेशसकाल लाग्दै गर्दा उनि अहिले अलपत्र रहेको थिए । आमाको १० बर्ष पहिला मृत्यु भएपछि उनि १० बर्ष देखि साहाराबिहिन बनेका छन् । बुवा अमर सिं थापाको मृत्यु भएको १६ बर्ष जति भयो, पछि आमा धनमति थापा सँग रहेका रति आमाको मृत्यु भएपछि उनि एक्लै रहेको मनि थापाले वताएकि छन् । रतिकि एउटा दिदि र एउटा बहिनि रहेकि थिईन् । जेठी दिदि लडेर मृत्यु भइसेको छ भने बहिनी लालीले बिहे गरिसकेकी छन् ।
रति केही बर्षपहिला अलि अलि यताउता गर्न सक्थे, तिन बर्ष देखि उनि थला पर्दै गएपछि अहिले अलपत्र अबस्थामा रहेका छन् । बाहिर भित्र र शौचालय पनि घ्रिसेर जाने गरेको स्थानियले वताएका छन् । रतिले रुदै भने कसैले दियो भने खानेगरेको छु, नभए भोकै बस्ने गरेको उनले वताएका छन् । चिसो मौसम शुरु भएको छ, लगाउने लुगा र ओडने ओछ्याउने केहि नभएको उनले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार