शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाज
  • इरफानको यादमा छोराले लेखे भावुक नोट

इरफानको यादमा छोराले लेखे भावुक नोट

  • शनिबार, पुस १८, २०७७
इरफानको यादमा छोराले लेखे भावुक नोट

विश्वले २०२० लाई विदा गरेर २०२१ को स्वागत गर्दैछ । स्वर्गीय अभिनेता इरफान खानका छोरा बाबिल खानले नयाँ वर्षको पहिलो दिनमै पितालाई सम्झिएका छ । उनले इरफानको तस्विर शेयर गर्दै सबैलाई नयाँ वर्षको शुभकामना दिएका हुन् ।

इरफानका ठूला छोरा बाबिल सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । उनी विशेष अवसरहरुमा आफ्ना बाबुको स्मरण गर्दै केही तस्विरहरु अपलोड गर्छन् । नयाँ वर्षमा बाबिलले आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत बाबुसँग

बिताएका क्षणहरुका तस्विर शेयर गरेका हुन् । पहिलो तस्विरमा उनी बाबुसँग आराम गरिरहेको अवस्थामा देखिन्छन् भने दोस्रो तस्विरमा कुराकानी गरिरहेका छन् ।

बाबुलले तस्विरसँगै लेखेका छन्, ‘आगामी गन्तव्य तपार्इं बिना नै, तर तपार्इंको राम्रो कुराको साथ । सबैलाई नयाँ वर्षको शुभकामना ।’ बाबिलको यस पोस्टमा इरफानका धेरै फ्यानहरुले प्रतिक्रिया दिइरहेका छन् ।

२९ अप्रिल २०२० मा ५३ वर्षको उमेरमा इरफानको निधन भएको थियो । उनी पछिल्लो केही वर्षदेखि क्यान्सरसँग लडिरहेका थिए । इरफान  अभिनित अन्तिम फिल्म ‘द सङ अफ स्कर्पियन्स’ चाडं रिलिज हुनेवाला छ ।

चर्चामा

सम्बन्धित समाचार