शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सौन्दर्य
  • डन्डिफोर कहिल्यै निको भएन ? अब गर्नुस् यी ४ सरल उपाय

डन्डिफोर कहिल्यै निको भएन ? अब गर्नुस् यी ४ सरल उपाय

  • बिहिबार, पुस १६, २०७७
डन्डिफोर कहिल्यै निको भएन ? अब गर्नुस् यी ४ सरल उपाय

एजेन्सी — अनुहारमा डन्डिफोरको समस्याबाट धेरै मानिसहरु पीडित हुन्छन् । डन्डिफोर आउने र यसको दाग बस्ने भएकाले अनुहारलाई कुरुप बनाइदिन्छ । मानिसहरु डन्डिफोर निको बनाउन थुप्रै उपायहरु पनि अपनाउने गर्छन् ।

डन्डिफोर थुप्रै कारणले आउने गर्छ । किशोरावस्थामा देखिने डन्डिफोरको समस्या शरीरमा हर्मोनको परिवर्तन आउँदासम्म रहीरहन्छ । हर्मोनमा आउने परिवर्तनले अनुहारमा डन्डिफोर आउने गर्छ ।

त्यसैले डन्डिफोरबाट छुटकारा पाउन सबैभन्दा पहिले खानपानमा विशेष ध्यान दिनु जरुरी छ ।

-जो व्यक्तिमा डन्डिफोरको समस्या छ त्यस्ता व्यक्तिले घ्यू र तेलको सेवन कम गर्नुपर्छ । हामीले खाने खानामा जति धेरै तेल छ त्यति नै बढी डन्डिफोर आउने सम्भावना हुन्छ ।

-मामंसाहारी भोजनले पनि डन्डिफोरको समस्या आउन सक्छ । मासुजन्य खानेकुराले पेट सफा नहुने भएकाले डन्डिफोरको समस्या बढ्न सक्छ ।

-चुरोट, खैनी जस्ता नशालु पदार्थले छालासम्बन्धी विभिन्न रोगहरु निम्त्याउँने भएकाले यसले डन्डिफोरको समेत समस्या ल्याउँछ ।

-धेरै मात्रामा चिया र कफि सेवन गर्ने व्यक्तिहरुमा डन्डिफोरको समस्या आउन सक्छ । यसको सेवनले शरीरमा सीबम बन्ने र जसको कारण डन्डिफोर आउने गर्छ ।

चर्चामा

सम्बन्धित समाचार