बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • समाज
  • त्रिवेणी नगरपालिका कालापानीमा थापाको आर्थिक सहयोगमा बाख्रा वितरण

त्रिवेणी नगरपालिका कालापानीमा थापाको आर्थिक सहयोगमा बाख्रा वितरण

  • बुधबार, पुस १५, २०७७
त्रिवेणी नगरपालिका कालापानीमा थापाको आर्थिक सहयोगमा बाख्रा वितरण

चक्र बहादुर अएडी — जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्वर ८ कालापानिमा ७ जनी एकल महिलाहरुलाई बुधबार बाख्रा वितरण गरिएको छ । त्रिवेणी नगरपालिका वडा नम्वर ८ कालापानि स्थाई घर भएका हाल अमेरिका वस्ने जनक बहादुर थापाको आर्थिक सहयोगमा बाख्रा वितरण गरिएको छ ।
वडा नम्वर ८ का वडा अध्यक्ष भिम बहादुर थापाको समन्वय तथा अमेरिका बस्ने जनक बहादुर थापाको आर्थिक सहयोगमा बुधवार वडा अध्यक्ष भिम बहादुर थापाले एकल महिलाहरुलाई एक–एक वटा बाख्रा वितरण गरिएको अध्यक्ष थापाले बताए ।
आर्थिक अवस्था कमजोर भएकि र केहि गर्न सक्छु भन्ने एकल महिलाहरुलाई वितरण गरिएको हो । थापाले यति मात्र नभएर पछिल्लो समय सामाजिक कार्यमा पनि अग्रसर देखिदै आएका छन । यो भन्दा अगाढी पनि आर्थिक अवस्था कमजोर भएका बाढिपिडित अपांग टुहुराबालबालिकाहरु लाई पनि थापाले अमेरिकामा बस्ने नेपालीहरुबाट आर्थिक सहयोग संकलन गरेर बिभिन्न ठाउँमा राहात पनि वितरण गरीएकाे थियो ।

चर्चामा

सम्बन्धित समाचार