शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • दुर्गम गाउँको सून्दर बस्ती ( फाेटाे फिचर)

दुर्गम गाउँको सून्दर बस्ती ( फाेटाे फिचर)

  • आइतवार, पुस १२, २०७७
दुर्गम गाउँको सून्दर बस्ती ( फाेटाे फिचर)
लक्ष्मीराज पाध्याय

यो गाउँ बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका वडा न ३ मनिकाँडाको हो । यो बस्ती सो गाउँपालिकाको केन्द्रबाट पनी निकै टाढा रहेको छ । तर यो गाउँ पुग्ने बित्तिकै सारै सुन्दर देखीन्छ । बाजुरा जिल्लाको उत्तरी क्षेत्रको सबै भन्दा राम्रो बस्तीको रुपमा देख्न सकिन्छ ।
जगन्नाथ गाउँपालिका वडा न ३ मा रहेको यो बस्ती बडिमालिकाको फेदीमै रहेको जस्तो देखीन्छ । यहाँ खानेपानी दाउराका लागि समस्या नहुने जस्तै देखीन्छ ।

पहिलो पटको यो गाउँमा पुग्ने जो सुकैलाई असाध्यै रमाइलो लाग्ने गर्दछ । अहिले सो गाउँसम्म मोटरसाइकल सम्म गुड्ने सडक पनी बनेको छ र त्यही बोटो हुदै गाउँपालिकाले बाजुरा जिल्लाकै धार्मीक तथा पर्यटकिय क्षेत्र बडिमालिका सम्म जाने सडकबाटो बनाउने योजना सहित सो गाउँ हुदै सडक खन्ने काम पनी सुरु गरिएको देखीन्छ ।

No description available.
छिमेकी कणर्ाली प्रदेशको सिमाना संग जोडीएको जगन्नाथ गाउँपालिकाको सो बस्तीमा चिटिक्क परेका घरहरु देखीन्छन । सो क्षेत्रमा आधारभुत सम्मको स्कुल पनी राम्रो देखीन्छ भौतिक संरचनाका आधारमा महादेब आधारभुत बिद्यालयको संरचना संगै सो बस्तीको स्वरुपले कसको मन नलोभ्याउला र । त्यहा जान आउन निकै कठिनाई हुने गरे पनी मनिकाडाको सो बस्ती निकै सुगम जस्तै देखीन्छ

No description available.
त्यहाँ बिजुली छ खानेपानी प्रयाप्त देखीन्छ । तर त्यहा यातायातको सहज पहुँच पुग्ने हो भने त्यहाका नागरिकहरुले दाउरा मकै सिमी लगायतका चिजबस्तुहरुको ब्यापार गरेर मनङय आम्दानीको श्रोतहरु त्यहा देखीन्छन । मात्र यातायातको सहज पहुच नहुदा त्याहाँका नागरिकको आर्थिक स्थरमा कमी देखीएको छ । ता पनी त्यहाँका घरहरुको स्वारुप र त्यो बस्तीलाई हेर्ने हो भने त्यहाँका नागरिकहरुको जीवन स्थर निकै माथि छ जस्तो देखीन्छ ।

No description available.
देश संघियता गएपछि जनताले सोचे अनुसार नभए पनी विस्तारै काम भईरहेको उनको गाउँमा देखीन्छ । अहिले जगन्नाथ गाउँपालिकाका सबै गाउँहरुमा मोटरसाइकल चलाउनका लागि सहज बाटो बनि सकेको छ । तर बनेका सडकहरुको स्तरउन्नती मात्रै गरिदिने हो भने पनी त्यहाँका सबै गाउँमा यातायातका साधानहरु सहज रुपमा चल्ने देखीन्छ । बिकाशका पुर्बाधारहरु केही त सघिंयता अगाडी बन्न सुरु भए पनि स्थानीय तह भइसकेपछी पनि ति कामहरुले निरन्तरता पाएको देखीन्छ ।

चर्चामा

सम्बन्धित समाचार