• होमपेज
  • बडिमालिका
  • विद्यार्थी र शिक्षकको नियमित ज्वरो मापन पछि मात्रै कक्षा संचालन

विद्यार्थी र शिक्षकको नियमित ज्वरो मापन पछि मात्रै कक्षा संचालन

  • आइतवार, पुस १२, २०७७
विद्यार्थी र शिक्षकको नियमित ज्वरो मापन पछि मात्रै कक्षा संचालन

राजेन्द्र बिक — बाजुरा बडिमालिका नगरपालिका वडा न ७ का केही बिद्यालयहरूमा शिक्षक र बिद्यार्थीहरूकाे ज्वराे मापन गरेर मात्रै कक्षा संचालन हुने गरेकाे छ । कोरोना भाइरस कोभिड-१९को संत्रासका बिच संचालन भइरहेका बडिमालिका नगरपालिका वडा न.७ स्थित लक्ष्मी माध्यामिक बिद्यालय जिल्ली र कालिका आधारभुत बिद्यालय चुथीमा यतिखेर विद्यार्थी र शिक्षकको नियमित ज्वरो मापन गरेर मात्र कक्षा संचालन हुन थालेका छन् ।

विद्यार्थी र शिक्षक बिद्यालय प्रबेश गर्ने बित्तिकै उनिहरुको ज्वरो नाप्ने काम आफुहरुले गरिरहेकाले केही हद सम्म भए पनि ढुक्क भएर कक्षा संचालन गरिरहेका छौं लक्ष्मी माध्यामिक बिद्यालयका प्रधानाध्यापक लालचन्द्र जैशिले बताए ।
युनेसेफ/बिश्व शिक्षा नेपालको आर्थिक तथा प्राबिधिक सहयोग स्थानीय तहहरुसंगको समन्वय तथा सेतोगुरांस बालबिकास सेवा बाजुरा द्वारा संचालित समता तथा समाबेशी शिक्षा कार्यक्रम अन्तर्गत उक्त बिद्यालयलाइ एक-एक थान थर्मलगन (थर्मोमिटर) उपलब्ध गराए पछि नियमित ज्वरो नाप्ने काम गर्न पाउँदा आफुहरु हर्शित भएका छौं कालिका आधारभुत बिद्यालयका निमित्त प्रधानाध्यापक जंग बहादुर बिकले बताए ।कोरोना भाइरस कोभिड-१९को प्रभावबाट बिद्यालय परिवारलाई बचाउने उदेश्यले बाजुराका हिमाली गाउंपालिकाका २३,खप्तड छेडेदह गाउंपालिकाका ३० तथा बडिमालिका नगरपालिकाका२५ गरि जम्मा ७८ बिद्यालयलाइ थर्मोमिटर सहयोग गर्ने कार्य शुरु गरिएको सेतोगुरांस बालबिकास सेवा बाजुराका कार्यक्रम संयोजक देवराज पाध्यायले जानकारी दिएका छन । थर्मोमिटर बितरण पछि बालबालिका तथा शिक्षकको स्वास्थ्य अवस्था बुझ्न सजिलो हुने भइ उपचारमा लाग्न सजिलो हुने बिश्वास आफुले लिएको बिश्व शिक्षा नेपालका फिल्ड अधिकृत प्रकाश बिनाडिले बताएका छन।

चर्चामा

सम्बन्धित समाचार