• होमपेज
  • बडिमालिका
  • ठेकेदार शाहले आफ्नै लगानिमा सडक बनाएर बेलिबिज्रको सामान ढुवानी

ठेकेदार शाहले आफ्नै लगानिमा सडक बनाएर बेलिबिज्रको सामान ढुवानी

  • बिहिबार, पुस ९, २०७७
ठेकेदार शाहले आफ्नै लगानिमा सडक बनाएर बेलिबिज्रको सामान ढुवानी

बाजुरा–बडिमालिका नगरपालिकाको साँफे मार्तडी सडक खण्ड अन्तर्गत जडाङ्गमा नदिमा बेलिब्रिज निर्माण कार्य शुरु भएको छ । बेलिब्रिज निर्माण गर्ने M/S MK Builders and Construction Company Pvt. Ltd., Dhangadhi, Kailali का ठेकेदार चक्र शाहले भत्किएको सडक आफै बनाएर सामान ढुवानी गरेका छन् ।
जडाङ्गमा नदिमा बेलिब्रिज निर्माण कार्यको जिम्मा शाहले पाएपनि बेलिब्रिजको सामान ढुवानीको बेला बल्धे देखी तिपाडा सम्मको सडक सुधार सडक बिभाग गर्नुपर्ने हो । पहिलो चरणमा सडक बिभागले बनाएपनि दोस्रो चरणमा सडक बिभाग, प्रशासन बेखबर बनेपछि शाहले आफै डोजर लगाएर सडक मर्मत गरेर सामान ढुवानी गरेका छन् ।
बल्धेमा सामान आएको १ हप्ता भइसकेको थियो, तर सडक भत्किरहेको थियो, सडक बिभाग प्रशासनले समेत सडक मर्मतमा प्रयास नगरेपछि आफ्नै लगानीमा सडक खुलाएर बेलिब्रिजको सामान ढुवानी गरेको शाहले बडिमालिका खबरलाई बताएका छन् । स्थानियले सडक सुधारमा अबरोध गरेका थिए, आफैले सबै सँग समन्वय गरे आफ्नै लगानिमा डोजर लगाएर सामान ढुवानी गरेको उनले थपे । ठेक्का एउटा पाटो हो काम गर्ने सँग सँगै सामाजिक दायित्व भएकाले आफै पहल गरेको वताए । हुनत सामान ढुवनाी भएन भनेर काम गर्न पनि ढिला सुस्ति हुने थियो, तर त्यसको असर बजुरेलि जनतामा पर्ने भएकाले आफै लागेर बसडक मर्मत गरेर सामान ढुवानी गरेर बेलिब्रिज निर्माण शुरु गरेको शाहले थपे ।
सडक डिभिजन कार्यलय साँफेबगरले बेलिब्रिज ढुवानी देखि निर्माणका लागि १ करोड ८८ लाखको ठेक्का खोलेको थियो । साउन २५ गते राति बुढिगंगा नदिमा आएको बाढिले बेलिब्रिज वगाएको थियो । नदिमा रहेको बेलिब्रिज बगाएपछि सदरमुकाम मार्तडी सम्मको सडक सम्पर्क बिच्छेद भएको थियो । पुरानै बगाएको ठाँउमा उपयुक्त ठाँउ हेरेर बेलिबिज्र निर्माण शुरु गरेको सडक डिभिजन कार्यलय साँफे बगरका ईन्जिनियर दमन बिष्टले वताएका छन् । बेलिब्रिजका लागि धेरै हारगुहार पछि बल्ल निर्माण हुन लागेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार