शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • प्रतिगमनको खतरा

प्रतिगमनको खतरा

  • बिहिबार, पुस ९, २०७७
प्रतिगमनको खतरा

हिँजोकै कुराहो हामिले निरन्तर रुपमा देशमा जनताले रगत बाट साटेर ल्याएको गणतन्त्रिक ब्यबस्थालाई संस्थागत गर्न जोड दिन्थ्यो।आज हामिले गणतन्त्र,धर्म निरपक्ष्याताको रक्षाको कुरा गर्दैछौँ।ताजुबको कुराहो देशको यो कस्तो बिडम्बनाहो?
जुन निरुङकुश साशन ब्यबस्थालाई फ्याक्न जनतालाई तिन दशक लाग्यो,त्यो मात्रै काँहा होर राणा र राजलाई फ्याक्न२५०बर्ष जति लाग्यो।जुन सम्बिधान निर्माण गर्न साडे छे दशक लाग्यो,देशमा आजको ब्यबस्था ल्याउँन हजारौँ युवाहरुको बलि चडाए त्यहि ब्यबस्था आज खतरामा परेकोछ।राजतन्त्र ल्याउँने माग मात्रै होईन अहिले सोह्रवटा दलहरु समेतले राजतन्त्रको माग गरेकाछन।बत्तिश बर्ष सम्म जनताको छातिमा परेड खेल्ने त्यो तानाशाही ब्यबस्था ल्याउँने माग जनताको हुनैसक्दैन।
राजावादीहरुले स-साना गुट र उप गुटहरु बनाएर शडयन्त्र मुलक रुपबाट राजालाई ल्याउँने दुशप्रयास गरेकाछन।यस्लाई मल जल दिएकोछ बर्तमान आफुलाई कम्युनिष्ट भन्ने गैर कम्युनिष्ट गैर जिम्मेदार सरकारले जो ओली र प्रचण्डको गुटमा लुटतन्त्र मच्चाईएकोछ।
देशमा आएको गणतन्त्र र धर्म निरपक्षियता माथि निरन्तर राजावादी र कथित हिन्दुवादीहरुको आकार्मण हुँदै आएको र त्यस्लाई ठूलो सहयोग बिस्व हिन्दु परिषद र छिमेकी सरकारले समेत अघोषितरुपमा सहयोग गर्दै आएकोले आज नेपालको कयौँ ठाउँहरुमा “राजा आउ देश बचाउ”जस्ता नारा लगाउँदैछन।यो हिम्मत उनिहरु सँग कँहा बाट आयो?हिँजो लुक्दै हिँड्ने हरु सँग।
हाम्रो देशमा राजाले देश बचाएको होईन न राजाले देश बचाउँनेछ बरु राजाले देशलाई कंगाल गरायो अर्ध उपनिबेसिक गरायो।देशमा दुई सए बर्ष सम्म राणा र राजाहरुको हालि मोहाली थियो त्यो बेला देशलाई आत्म निर्भर गराउँनुको सट्टा देशको अर्थ ब्यबस्था लाई खतम पारेर बिदेशी मण्डि बनाउँनमा राजाहरुले कुनै कसर छाडेनन्।अहिले राजा ठिक भयर देशमा राजतन्त्रको माग भयको होईन बरु बहुदल पछि आएका सरकार गैर जिम्मेदार,राष्टघाती जनघाति भएर राजतन्त्रको माग गर्नेहरुको मुखमा ट्वाल्ल परेर हेरेकाछन तर यो जनताको मोनतालाई देखेर राजावादीहरु भ्रममा नपरुन बरु समय छँदै होशमा आउँन।राजालाई कयौँ पल्ट घुँडा टेकाउँने जनता यिनै हुँन भन्नेकुरा राजा बादीहरु ले बिर्शनु भैन।
अहिले जनताको माग देशमा ल्याईएको संघियता लाई जरै बाट ओखल्ने राष्ट्रीयता धर्म निरपक्षियता र गणतन्त्रको रक्षा गर्ने हो र त्यहि बाटो जनताले छोपेकाछन।
हाम्रो देशलाई प्रतिगामी शक्ति र छिमेकको अतिक्रमण बाट जोगाएर देश बाट संघियता फ्याँकेर अखण्डताको लागि एउटा मात्रै देशको झण्डा छोपेर अगाडि बढ्नु पर्ने आजको आबस्याकताछ।
२००७सालमा जनताले गरेको शंघर्ष लाई आफ्नो पोल्टामा पार्न त्रिभुवनले जुन सडयन्त्र गरेर जनताले तजूर्मा गरेको संबिधान देशमा ल्याउँने भरोशा दिलाएर माछो माछो भेगुतो गराएका मात्र होईनन।आफ्नो छोरालाई राज गद्धिमा बसालेर छाडेका थिए।जस्ले २०१७सालमा निरंकुस राज तन्त्रको तरवारले बहुदलिए ब्यबस्था छिया छिया पारेका थिए।राजाहरुले कुन मुख लिएर जनताको दैलोमा जाँदैछन?२०३६सालको कथा लिएर वा २०४६को वा २०६२-६३को त्यो जन आन्दोलनको कथा लिएर २००७साल यताको राजाले कुन काम देश र जनताको हितमा गरे त्यो लिएर जनतामा जाउँन।बेरोजगार युवाहरुलाई किराएमा लिएर मोटर साईकल य्राली गर्न त्यति धउ छैन जति सत्तेताको केहि शब्द जनताको घरमा आगनमा ल्याउँन हुँनेछ।
हो बहुदल पछि सत्तामा आएका सरकारहरुले पनि जनताको मन जित्न सकेका छैनन्।उनिहरुको आलो पालोको राजनीति बाट जनता हुक्क भयका पक्कै पनिछन।तर राजा त्यो भ्रष्टचारको बिक्लप भने हुँन सक्दैन।
देश भित्र २००६सालमा कम्युनिष्ट पार्टीको स्थापना काल देखि देशको नेतृत्व गर्न सहि कम्युनिष्ट पार्टिले नसकेपछि कम्युनिष्टको आबरणभित्र गैर कम्युनिष्टहरुको हालि मुहाली भयो।वास्तबमा देशमा जुन उदेश्यले कम्युनिष्टको गठन भयको थियो “नयाजनवादी ब्यबस्था त्यो न आउँदा सम्म जनता र देशको अबस्थामा पनि सुधार हुँनेछैन।हाम्रो देशलाई आमूल परिवर्तन चाहिएकोछ।सुधार होईन आजभन्दा पहिले देशमा पकड सुधारवादी संसोधनवादी र अवसरवादीहरुको हुँदै आयो।त्यही परिबेशमा हाम्रो देशले काँचुली फेर्न सकिन।देशमा कृर्षि क्रान्तिको खाँचोछ,बिदेशी नितिमा आमूल परिवर्तनको खाँचोछ।देशको अर्थ बँयबस्था लुलो छ।देशमा रोजगार छैन युवाहरु देशभित्र बस्न सक्ने बाताबर्ण छैन।भ्रष्टचार महेङ्गी बलतकार र जातिय बिभेद चरम अबस्थामा छ।यि जातिय बिभेद,लैङ्गिय असमानता,भ्रष्टचार,आदी सबैको समस्या हल नयाँजनवादी क्रान्ति,समाजवाद र साम्मेवादी ब्यबस्थाले गर्न सक्छन।कुनै राजनीतिक पार्टी वा प्रतिगामिहरुले होईन।देशमा आमूल परिवर्तन को एउटामात्र बिजन क्रान्तिकिरी आन्दोलन हो र हुँनेछ।दुनियाँ भरिको उधारण हेरौँ जँहा राजतन्त्र छ त्यो देशको अबस्था र जँहा जनवादी समाजवादी क्रान्ति भए त्यसपछिको अबस्था लाई गहिरीएर नियालौ र हेरौँ।रुसमा भयको महान समाजवादी क्रान्ति पछिको अबस्था चीनमा भयको नयाँजनवादी क्रान्ति पछिको अबस्था लगायत भियतनाम आदी देशहरुको अबस्था लाई अध्यायन पछि प्रष्ट हुँनेछ।हाम्रो देशमा कस्तो ब्यबस्थाको आबस्याकताछ।
आज देशमा केहि सडयान्किरीहरुले कम्युनिष्टलाई बद्नाम गर्न खोजेकाछन।त्यसैको फाईदा राजवादीहरुले उठाउँने प्रयात्न गरेपनि त्यो कहिले पुराहुँनेछैन।

चर्चामा

सम्बन्धित समाचार