बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • फुटबल
  • पिएसजीको सहज जित, लियोन शीर्ष स्थानमा

पिएसजीको सहज जित, लियोन शीर्ष स्थानमा

  • बिहिबार, पुस ९, २०७७
पिएसजीको सहज जित, लियोन शीर्ष स्थानमा

पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा स्ट्रासबर्गविरुद्ध सहज जित हात पारेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा पिएसजीले स्ट्रासबर्गलाई ४-० ले पराजित गरेको हो ।

पार्क डे प्रिन्समा पहिलो हाफमा एक गोल गरेको पिएसजीले दोस्रो हाफमा ३ गोल थप्यो । १८औं मिनेटमा मोथी पेम्बेलेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । पिएसजीका लागि १८ वर्षीय युवा डिफेण्डरको यो पहिलो गोल हो ।

७९औं मिनेटमा किलियन एमबाप्पेले पिएसजीको अग्रता दोब्बर पारे । ८८औं मिनेटमा इड्रिसा गानान गुए र इन्जुरी टाइममा मोइस केनले गोल गरेपछि पिएसजी ४-० ले विजयी भयो ।

जितपछि पनि पिएसजी अंकतालिकामा भने तेस्रो स्थानमै छ । पिएसजी अघि रहेका लिले र लियोन दुवै टिमले जित हात पारेपछि पिएसजी तेस्रोमै रहेको छ ।

लिइन भने नान्टसलाई ३-० ले पराजित गर्दै गोल अन्तरमा लिलेलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । लिले मोन्टेपिलरलाई ३-२ ले पराजित गरेको हो । १७ खेलपछि लियोन र लिलेको समान ३६ अंक छ भने पिएसजीको ३५ अंक छ । गोल अन्तरमा लियोन अघि छ ।

घरेलु मैदानमा लियोनलाई सहज जित दिलाउन कार्ल टोको एकाम्बी, टिनो काडेवेरे र लुकास पाक्वेटाले गोल गरे ।

चर्चामा

सम्बन्धित समाचार