• होमपेज
  • समाज
  • असाहय धन बहादुरकाे घर निर्माण र बाख्रा सहयोग

असाहय धन बहादुरकाे घर निर्माण र बाख्रा सहयोग

  • शुक्रबार, पुस ३, २०७७
असाहय धन बहादुरकाे घर निर्माण र बाख्रा सहयोग

बाजुरा–बाजुराको बुढिनन्दा नगरपालिका १ रावतवाडाका धनबहादुर रावतको घर निर्माण भएको छ । घर निर्माण सँगै उनलाई आयआर्जनका लागि बाख्रा सहयोग गरिएको बुढिनन्दा नगरपालिका १ का वडा अध्यक्ष नृप खत्रिले वताएका छन् ।
धन बहादुरको घर निर्माण र बाख्रा बितरणमा बडिमालिका खवरको अभियान अन्र्तरगत बिभिन्न सहयोगी दाताहरुको समन्वयमा रावतको घर निर्माण र बाख्रा सहयोग गरिएको हो । धन बहादुरको परिवार अलपत्र र अरुको घरको गोठमा बस्दै आएको समचार प्रकाशित पछि धन बहादुरको घर निर्माण सँगै बाख्रा सहयोग भएको हो ।
धनबहादुर रावत बिगत लामो समयदेखी थला परेका कारण उनको परिवार गोठमा बस्दै आएका थिए । धन बहादुर घर निर्माण गर्दा गर्दै बिरामी भएपछि उनिहरु अलपत्र परेका थिए । धन बहादुर पक्षघातको बिरामी हुँदा लामो समयदेखी थला परेका छन । उनका माइलो छोरा खम्म रावत पनी अपाङ्ग छन । घरमा काम गर्ने कोही पनी छैन ।
धन बहादुरको घर निर्माणका लागि भारतमा बस्दै आएका नेपाली दाजुभाइ, समाजसेवि सम्राट सिं बस्नेत, प्रकाश जैशी र बडिमालिका खबरले सहयोग गरेको थियो । बाख्रा सहयोग शान्ति सेवा गृह तिलगंगा काठमाडौ तथा जर्मन नागरिक Marianne grospietch ले गरेकी हुन् । ३२ हजार मुल्य बराबरको ब्याउने ३ वटा बाख्रा किन्नलाई सहयोग गरेको शान्ति सेवा गृहका बिजेन्द्र कुवरले वताएका छन् । उनि अलपत्र परेको समचार पछि आफुहरुले आयआर्जनमा सहयोग होस भनेर बाख्रा किनेर सहयोग गरेको कुवरले वताए ।
धन बहादुर पहिले भारतमा गएर कमाएर छोराछोरी पाल्ने गरेको भए पनी हाल लामो समयदेखी थला परेछी उनका दुई छोराको समेत बिचल्ली हुन पुगेको वडा अध्यक्ष नृप खत्रीले बताए । धनबहादुरकी श्रीमती र उनको जेठो छोरा सानै हुदा मृत्यु भइसकेको छ । भएको सम्पति जेठो छोरा र श्रीमतिको उपचारमा खर्च भएपनि बचाउन नसकेको उनले वताए । कान्छो छोराले काम गर्ने नसक्ने जेठो छोरा पनी अपाङ्ग भएकाले उनको परिवारको बिचल्ली रहेका थिए, घर निर्माण र बाख्रा सहयोग पछि ठुलो सहयोग भएको धन बहादुर रावतले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार