मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • विद्यालय आयुर्वेद तथा योग शिक्षा अभिमुखीकरण तालिम संचालन

विद्यालय आयुर्वेद तथा योग शिक्षा अभिमुखीकरण तालिम संचालन

  • बिहिबार, पुस २, २०७७
विद्यालय आयुर्वेद तथा योग शिक्षा अभिमुखीकरण तालिम संचालन

 विद्यालय आयुर्वेद तथा  योग शिक्षा कार्यक्रम बिहिबारबाट सदरमुकाम मार्तडीमा संचालन भएकाे छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकाे अायाेजनामा साे तालिमकाे अायाेजना गरिएकाे जिल्ला आयुर्वेद  स्वास्थ्य केन्द्रकी कार्यालय प्रमुख दिक्षा भण्डारीले बताएकी छन ।

अभिमुखीकरण तालिममा जिल्ला सामुदायिक र निजी विद्यालयका ९ जना शिक्षक सहभागी रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख  भण्डारीले जानकारी दिएकी छन् ।
स्वास्थ्य केन्द्रमा एक आर्युवेद चिकित्सक र एक वैध राखेर सेवा साे तालिम सञ्चालन गरिएको छ ।  नसर्ने रोगको प्रकोप बढदो रहेकाले जीवनशैली, खानपान र व्यवहार परिर्वतनका साथै स्वास्थ्यको दिगो विकास लक्ष्यका सुचक प्राप्तिका लागि स्वास्थ्य प्रर्वद्धनका क्रियाकलाप जरुरी रहेकाेले याेग अबस्यक रहेकाेले बिद्यलय स्तरमा साे तालिमकाे अाबस्यक रहेकाेले तालिमकाे अायाेजना गरिएकाे प्रमुख भण्डारीले बताएकी छन ।
‘योगाको माध्यमबाट उच्च रक्तचाप, मधुमेह, दम, बाथरोग, मोटोपना, डिप्रेसन घटाउन कार्यक्रमले सघाउ पुग्ने याेग शिबिरका प्रशिक्षकहरूले बताएका छन । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेल्धुराका आयुर्वेद चिकित्सा तथा प्रशिक्षक डाक्टर सत्यराज जोशी,कोल्टी प्राथामिक केन्द्र बाजुराका आयुर्वेद चिकित्सा तथा प्रशिक्षक डाक्टर अचुतशाली घिमीरे प्रशिक्षककाे रूपमा रहेका छन ।
आयुर्वेदिक उपचार पद्धतिमा जडिबुटी र यसबाट तयार भएका औषधि मात्रै प्रयोग हुने हुँदा मानव स्वास्थ्यमा राम्रो प्रभाव पर्ने, वातावरण मैत्री हुने र आयुर्वेद चिकित्सा पद्धतिका मुख्य विशेषता मानिने रसायन औषधि प्रयोगले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँनका साथै  याेग शिक्षा अाबस्यक रहेकाे प्रमुख तालिमका प्रमख अतिथि समेत रहेका बडिमालिका नगरपालिका प्रमख पदम बडुबालले बताएका छन ।

प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेकाे अध्यक्षतामा संचालन भएकाे साे तालिम उद्धघाटन कार्यक्रमका प्रमख अतिथि बडिमालिका नगरपालिका प्रमुख पदम बडुवाल रहेका थिए । कार्यालय प्रमख दिक्षा भण्डारीले संचालन गरेकाे कार्यक्रममा प्रहरी प्रमुख मदन जित महारा, ससस्त्र प्रहरी प्रमुख नेपाल पत्रकार महासघं बाजुराका अध्यक्ष प्रकाश सिहं लगायत अन्य पत्रकारकाे समेत उपस्थित रहेकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार