• होमपेज
  • देश
  • २४ घण्टामा थप ८३० जनामा कोरोना संक्रमण, १५०० डिस्चार्ज, ९ जनाको मृत्यु

२४ घण्टामा थप ८३० जनामा कोरोना संक्रमण, १५०० डिस्चार्ज, ९ जनाको मृत्यु

  • आइतवार, मंसिर २८, २०७७
२४ घण्टामा थप ८३० जनामा कोरोना संक्रमण, १५०० डिस्चार्ज, ९ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ८३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ। ५ हजार १८० स्वाब नमूना परीक्षण गराउँदा ८३० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

यस्तै आइतबार १५ सय डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९४.९ प्रतिशत हो।

देशभर सक्रिय संक्रमितको संख्या भने १० हजार ९९४ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० सय ९८ पुगेको मन्त्रालयले जनाएको छ। आइतबार मात्र कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ।

यस्तै अहिले ५१६ जना क्वारेन्टिन र १० हजार ९९४ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। कोरोनाका गम्भीर २९४ जनाको आइसीयूमा र ५२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

चर्चामा

सम्बन्धित समाचार