• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • धनगढीकी कोरोना संक्रमित महिलाको मृत्यु

धनगढीकी कोरोना संक्रमित महिलाको मृत्यु

  • आइतवार, मंसिर २८, २०७७
धनगढीकी कोरोना संक्रमित महिलाको मृत्यु

धनगढीः सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीकी कोरोना संक्रमितको मृत्यु भएको छ।

सेती अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–१ की ५५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले श्वासप्रश्वास र सुगर सम्बन्धी समस्या रहेकी उनको आइतबार दिउँसो मृत्यु भएको जानकारी दिए। मृतक मंसिर २२ गते अस्पताल भर्ना भएकी थिइन। यो सँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार