• होमपेज
  • समाज
  • धनगढी यातायातमा अख्तियारको छापा ! कागजपत्र र सीसीटीभी फुटेज नियन्त्रणमा

धनगढी यातायातमा अख्तियारको छापा ! कागजपत्र र सीसीटीभी फुटेज नियन्त्रणमा

  • शनिबार, मंसिर २७, २०७७
धनगढी यातायातमा अख्तियारको छापा ! कागजपत्र र सीसीटीभी फुटेज नियन्त्रणमा

धनगढी– सवारी चालक अनुमति पत्र लाइसेन्समा आर्थिक चलखेल भएको गुनासोपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय धनगढीमा छापा हानेर कागजपत्र नियन्त्रणमा लिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले प्रयोगात्मक परीक्षामा समेत असफल भएकाहरुलाई सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण गरेको गुनासोपछि सबै कागजपत्र नियन्त्रण लिएको जनाएको छ।

अख्तियार महेन्द्रनगरका प्रमुख खग्रेन्द्रप्रसाद रिजालले हालै सम्पन्न भएका सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षमा अनुत्र्तिण भएकाहरुलाई समेत लाईसनेन्स वितरण गरिएको भन्ने गुनासोका आधारमा कागजपत्र नियन्त्रणमा लिएर छानबिन थालिएको बताए।

उनका अनुसार धनगढीको फाप्ला क्रिकेट मैदान नजिकैको ट्रायल स्थलमा जडान गरिएको सीसीटीभी क्यामेराको फुटेज समेत नियन्त्रण लिइएको छ।

सो फुटेजमाथि समेत विश्लेषण थालिएको अख्तियारले जनाएको छ। यातायात व्यवस्था कार्यालय धनगढी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको मिलेमतोमा प्रयोगात्मक परीक्षामा अनुत्र्तिण भएकाहरुलाई आर्थिक लाभ लिदै सवारी चालक अनुमति पत्र वितरण गरिएको आरोप लागेको थियो।

तर दुवै निकायका अधिकारीहरुले भने सो आरोपमा सत्यता नभएको दाबी गर्दै आएका छन्। यसअघी अख्तियार महेन्द्रनगरले १ लाख ६६ हजार घुस रकमसहित गत वर्ष तत्कालीन कार्यालय प्रमुख सहितका ३ जना कर्मचारीलाई रंगेहात पक्राउ गरेको थियो।

तर यातायात व्यवस्था कार्यालयमा विभिन्न वाहानामा हुने बेतिथि अझै नरोकिएको गुनासो सर्वसाधारणले गर्दै आएका छन्। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार