• होमपेज
  • समाज
  • १६ दिने अभियानकै अवधिमा बाहिरियो महिला हिंसाको भयावह तथ्याकं

१६ दिने अभियानकै अवधिमा बाहिरियो महिला हिंसाको भयावह तथ्याकं

  • शनिबार, मंसिर २७, २०७७
१६ दिने अभियानकै अवधिमा बाहिरियो महिला हिंसाको भयावह तथ्याकं

सुदूरपश्चिममा पनि महिला हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भए सगैं सो अवधिमा महिला हिंसा डरलाग्दो रुपमा जारी रहेको तथ्य थाहा पाइएको छ । स

रकारी तथा विभिन्न गैरसरकारी संस्थाहरुले महिला हिंसा नियन्त्रण गर्न भन्दै वर्षै पिच्छे १६ दिने अभियान र अन्य कार्यक्रहरुको आयोजना गर्दै आइरहेका छन तर हिंसा तथा अपराधका घटनाक्रम भने पटक्कै रोकिन सकेको छैन् ।

दिनेश खबरले गरेको खोजीको क्रममा १६ दिनको अवधिमा प्रदेशमा ६४ वटा महिला हिंसाका उजुरीहरु परेका छन् । जसमध्ये जवरजस्तिकरणिका ४, जबरजस्ती करणी उद्योगका २, बहुविवाहका ५, अबैध गर्भपतनको १, जातीय छाुवाछुत १, आत्महत्याका ८, मानवबेचविखनको एउटा उजुरी परेको सुदूरपश्चिम प्रदेश प्रहरीकार्यालय दिपायलका प्रहरी बरिष्ठ उपरिक्षक मुकेश सिंहले बताए ।

यस्तै घरेलु हिंसाका ३४, र लैगिंक हिंसाका ८ उजुरी परेका छन् । यी मध्ये ११ को मिलापत्र गरिएको छ भने, १० वटा उजुरी अदालत गएको र २९ को कार्यान्वयन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यस्तै महिलाहिंसा सम्बन्धिका सामान्य घटना अर्थात श्रीमान श्रीमती बीच भइरहने विवाद तथा झगडाका उजुरीहरुको मीलापत्र गराउने गरिएको प्रहरी बरिष्ठ उपरिक्षक सिंहले बताए । उनले गम्भीर प्रकृतिका घटनाहरुलाई कानुनी प्रक्रियामा लगिने गरीएको समेत बताए ।

तर कार्यक्रम गरेर मात्रै यी घटनाहरु कम नहुने बताइएको छ । अपराधका घटनाहरु राज्यले हेर्नुपर्ने र कानुन कार्यान्वयन नहुँदा महिलामाथी हुने अपराधिक क्रियाकलाप बढेको बताइएको छ ।

सरकारी तथा गैरसरकारी संस्थाहरुले गरेका विभिन्न जनचेतनामुलक कार्यक्रमबाट हिंसामा परेका पीडित महिलाहरुको उजुरी दिने बाटो मात्रै खुलेकोले हिंसा सहेर बस्नु हुँदैन् भन्ने सचेतनाले हिंसाका उजुरीको संख्या बढेको दलित महिला अधिकार मञ्च नेपालकी अध्यक्ष सबित्रा घिमीरेले बताइन् ।

हिंसा न्युनीकरणका लागि विभिन्न संघसंस्थाहरुले वर्षै पिच्छे विभिन्न जनचेतनाका कार्यक्रमका लागि रकम खर्च गर्दै आएका छन् तर ग्रामणि भेगका दुर्गम गाउं ठाउँमा पुग्न नसक्दा यस्ता घटना बृद्धि भइरहेका हुन् ।

यद्दपी लक्षीत बर्ग सम्म यी कार्यक्रमको पहुँच पुगे तथा अपराधमा संलग्नहरुलाई कानुनी दायरामा ल्याइए महिलाहरुमाथी हुने हिंसा तथा अपराधका घटनाहरु कम हुने बताइएको छ । #दिनेश खवर 

चर्चामा

सम्बन्धित समाचार