बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • त्रिवेणी
  • आइडिएस नेपालद्धारा त्रिबेणीका बिद्यालयको सयुक्त अनुगमन

आइडिएस नेपालद्धारा त्रिबेणीका बिद्यालयको सयुक्त अनुगमन

  • शुक्रबार, मंसिर २६, २०७७
आइडिएस नेपालद्धारा त्रिबेणीका बिद्यालयको सयुक्त अनुगमन

बाजुरा — युएसडिए र बिस्व खाद्य कार्यक्रमको आथिक सहयोग तथा एकिकृत बिकास समाज नेपालको प्राबिधीक सहयोगमा बाजुरा जिल्लाको त्रिबेणी नगरपालिकाका बिद्यालयहरुको अनुगमन गरिएको छ । बिगत लामो समय देखी काम गर्दै आएको एकिकृत बिकाश समाजले बिद्यालय क्षेत्रमा काम गर्दै आएको र त्यसको प्रतिफल के छ भन्ने बिषयमा स्थानिय तहका जनप्रतिनिधीहरुको सल्लाह अनुसार अनुगमन गरिएको आइडिएस नेपालका पालिका संयाेजक बिर्ख रावलले बताएका छन ।
त्रिबेणी नगरपालिका वडा न ४ को जनशक्ती आधारभुत बिद्यालयमा स्वास्थ्य तथा सरसफाईका बिषयमा अनुगमन गरिएको रावलले बताएका छन ।
त्रिबेणी नगरपालिका वडा न ४ का वडाअध्यक्ष कालु साउँदको संयोजकत्वमा शिक्षा शाखा संयोजक रतन अएडी लगायतको टोलीले अनुगमन गरेको आइडिएस नोपलले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार