शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ६
  • हुम्ला जिप दुर्घटना [अपडेट] : मृतक चार जनाको सनाखत

हुम्ला जिप दुर्घटना [अपडेट] : मृतक चार जनाको सनाखत

  • शनिबार, मंसिर २०, २०७७
हुम्ला जिप दुर्घटना [अपडेट]  : मृतक चार जनाको सनाखत
Fille photo

हुम्ला जिप दुर्घटनामा मृत्यु भएका ४ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । शुक्रबार राति ११ बजे सिमकोट गाउापालिका–७ डाडाफया नजिकैको भीरमा लु २ च २१०२ नम्बरको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए ।

जिप दुर्घटनामा ज्यान गुमाउनेहरुमा सिमकोट गाउापालिका–७ का ३० वर्षीय पर्वत सुनार, वडा नम्बर–२ का २९ वर्षीय पारस बोहोरा, नाम्खा गाउापालिका–१ का ४५ वर्षीय दुकी तामाङ र ४८ वषीर्य गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी सिताराम बिष्टले बताए ।

घटनास्थलबाट मृतक सबैको शव सिमकोट ल्याइएको छ । घाइतेमध्ये कवि सिंहलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको र अन्य ६ जनाको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार