शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालिकाका बिद्यालय एक हप्ताको लागि बन्द

बुढीगंगा नगरपालिकाका बिद्यालय एक हप्ताको लागि बन्द

  • बिहिबार, मंसिर १८, २०७७
बुढीगंगा नगरपालिकाका बिद्यालय एक हप्ताको लागि बन्द

बाजुरा — बुढीगंगा नगरपालिकामा समुदाय स्तरमा कोरोनाको त्रास बढेपछि एक हप्ताको लागि बिद्यालय बन्द गएिका छन् । आज दिउसो नगरपालिका शिक्षा समितिको बैठक बसी बिद्यालय बन्द गनेए नियण गरिएको र त्यसैको आधारमा सबै बिद्यालयहरुलाई खबर गरेको बुढीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत्त प्रमेकाजी मर्हजनले जानकारी दिएका छन् ।
कार्तिक महिना यता नगरपालिकामा १९ जना कोरोना संक्रमित देखिएकोमा १३ जना नगरपालिकाका कर्मचरी छन् भने अन्य स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्थानिय रहेका छन् । यसरी कोरोना संक्रमित देखिए पछि संक्रमितकाका घर परिवार सम्पर्कमा आएका कसैको स्वाब संकलन गरि चेकजान गरिएको छैन । रिर्पोट आउदाका बखतसम्म को कतिसंग सम्पर्कमा थिए कुनै एकीन छैन ।
समुदाय स्तरमा रुगाखोकी र ज्वरोका बिरामी धेरै छन । कोरोनाको डरले स्वास्थ्य सस्था नै जादैनन अधिकाँसको लक्षण कोरोनाको लक्षणसंग मिल्दा जुल्दा रहेका नगरपालिकाका लेखा अधिकृत्त तिलक थापाले बताएका छन् ।
संक्रमित धेरैसंग सम्पर्कमा भएको हुनाले समुदायमा पनि कोरोना फैलिएको हुन सक्ने भएकाले बिद्यालय बन्द गर्ने निणर्य गरिएको प्रमुख प्रशासकीय अधिकृत्त महर्जनले बताए । बिद्यालयमा धेरै भिडभाढ हुन्छ । कोरोना संक्रमण हुन सक्ने भएकोले बन्द गरिएको उनले बताए । एक हप्तासम्म टेलिफोनमै सम्र्पक गरे बन्द गर्न भनिएको छ त्यसपछि समय अनुकुल के हुन्छ त्यसै गरि निणर्य गर्ने बताईएको छ । नगरपालिकाकोकाम भने संचालनमा रहेको महर्जनले बताए ।
लामो लकठडाउन पछि मंसिर पहिलो साताबाट संचालन भएका बिद्यालय महिना दिन नपुग्दै बन्द गर्नु पर्ने सूचना पछि शिक्षक र बिद्यार्थीहरु चिन्तित बनेका छन् ।

चर्चामा

सम्बन्धित समाचार