शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • धनगढी प्रहरी हत्याकाण्ड : मटर व्यापारी डेढ लाख धरौटीमा छुटे

धनगढी प्रहरी हत्याकाण्ड : मटर व्यापारी डेढ लाख धरौटीमा छुटे

  • बुधबार, मंसिर १७, २०७७
धनगढी प्रहरी हत्याकाण्ड : मटर व्यापारी डेढ लाख धरौटीमा छुटे

धनगढी प्रहरी हत्याकाण्डसँग जोडिएको मटर तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यापारी धरौटी छुटेका भएका छन्। मंगलबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि मटर तस्करीको आरोपमा पक्राउ परेका धनगढीकै व्यापारी राजिव गुप्ता १ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले गुप्ता सो धरौटी रकम बुझाएर तारेखमा छुटेको जानकारी दिए।

अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी सहायक निरीक्षक बिक र जवान साउदको हत्यासँग जोडिएको मटर गुप्ताको भएको खुलेपछि प्रहरीले पक्राउ गरी उनीमाथि अनुसन्धान गरेको थियो।

हत्या अभियोगमा पक्राउ परेका अन्य ८ जना भने मंगलबार नै कारागार चलान भएका छन् भने एकजना अझै फरार रहेकाले खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार