बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा स्वस्थ्य जीवन कार्यक्रम संचालन

बाजुरामा स्वस्थ्य जीवन कार्यक्रम संचालन

  • सोमवार, मंसिर १५, २०७७
बाजुरामा स्वस्थ्य जीवन कार्यक्रम संचालन

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

जिल्ला आयुर्वेद कार्यलय बाजुराले स्वस्थ्य जीवन कार्यक्रम संचालन गरेको छ । योग अभ्यास मार्फत गरिने यो कार्यक्रमको शुरुवाद सदरमुकाम मार्तडीमा शुरु भएको जिल्ला आयुर्वेद कार्यलय बाजुराकी कार्यलय प्रमुख दिक्षा भण्डारीले वताएकि छन् ।
स्वस्थ्य जीवन कार्यक्रम निरन्तर रुपमा सञ्चालन हुने कार्यलयले वताएको छ । योगको माध्याम बाट नसर्ने तथा जीवनशैलीगत रोगहरु उच्चरक्तचाप, मधुमेह, दम, बाथरोग, मोटोपना, डिप्रेसनलाई घटाउनमा यो कार्यक्रमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने रहेको छ । शरिरमा अक्सिजनको मात्रा बढाई शाररिक तथा मानसिक रुपमा स्वस्थ्य भै सकरात्मक सोचको साथ रोगप्रतिरोधात्मक क्षमता बढाई, निरोगी नेपाल निर्माण गर्ने उद्देश्यका साथ कार्यक्रमको सुरुवात गरिएको भण्डारीले वताईन् ।
तत्काल जिल्ला आयुर्वेद कार्यालय बाजुराबाट दैनिक बिहान ५ बजेदेखि स्वस्थ्य जीवन कार्यक्रम तथा रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेद औषधी वितरण योगाभ्यास संचालन भएको छ । बिस्तारै जिल्लाका अन्य क्षेत्रमा पनि कार्यक्रम बिस्तार हुने कार्यलयले जनाएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको अध्यक्षता जिल्ला समन्वय समिति प्रमुख नरेन्द्रकुमार रोकायाको प्रमुख आतिथ्यतामा उद्धघाटन भएको थियो । कार्यक्रममा नेकपा प्रचार बिभाग प्रमुख अम्मर खड्का, पत्रकार महासंघ बाजुरा अध्यक्ष प्रकाश सिंह लगायतको सहभागिता रहेको थियो ।
जिल्ला आयुर्वेद बाजुराले पछिल्लो समयमा बाजुरामा प्रभाबकारी सेवा दिइरहेको छ । नसर्ने रोग दम, अम्लपित्त, उच्च रतmचाप, मधुमेह, श्वासप्रस्वास, मेदोगत रोग, वातब्याधि रोगहरुको बिशेष उपचार गरिएको कार्यालय प्रमुख भण्डारीले वताईन् । त्यो सँगै जिल्ला आयुर्वेद बाजुराले पछिल्लो समयमा गाँउघरमा पुगे आयुर्वेद उपचार समेत दिदै आएको छ । पछिल्लो सयम बाजुरामा आयुर्वेद उपचार सेवा प्रभाबकारी बन्दै गएको स्थानियले वताएका छन् ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुरामा पछिल्लो समयमा उपचार गर्नेको निकै भिड लाग्ने गरेको छ, कार्यलयको सेवा प्रभाबकारी भएपछि उपचार गर्नेको संख्या बढेको स्थानियले वताएका छन् । जिल्लाका गौमुल, स्वामिकार्तिक र कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आयुर्वेद उपचार सेवा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार