शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका ७ मा दश सैयाकाे अस्पताल सिलान्यास

बडिमालिका ७ मा दश सैयाकाे अस्पताल सिलान्यास

  • सोमवार, मंसिर १५, २०७७
बडिमालिका ७ मा दश सैयाकाे अस्पताल सिलान्यास

बाजुरा — बडिमालिका नगरपालिका वडा न ७ मा रहेकाे चुथि स्वास्थ चाैकी अब १० सैयाकाे बन्ने भएकाे छ ।
स्वास्थ्य चाैकीका रुपमा रहेकाे चुथि स्वास्थ्य चाैकि १० सैयाको अस्पताल निर्माणका लागि एक कार्यक्रमका बिच शिलान्यास गरिएकाे छ ।
बडिमालिका नगरपालिकाको-७ काे बुकखेतिमा अाज १० सैयाको अस्पताल निर्माणका लागि भवनको शिलान्यास गरिएको बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । नेपाल सरकारकाे स्वीकृत कार्यक्रम अनुसार ३९६ स्वास्थ्य सस्था स्तर उन्नति गर्ने भन्ने उदेश्यका साथ चुथि स्वास्थ चाैकि १० शैयाको आधारभूत अस्पताल निर्माणको काम थालनि गर्न भवनको शिलान्यास गरिएको वडा अध्यक्ष पाध्यायले बताए ।
बडिमालिका नपा – ७ वडा अध्यक्ष धर्म राज पाध्याकाे अध्यक्षतामा संचालन गरिएकाे सिलान्यास कार्यक्रममा र नगरपालिका कार्यवाहक नगरप्रमुख राम बहादुर कार्किकाे प्रमुख अातिथ्यमा भवनको शिलान्यास भएको चुथि स्वास्थ्य चाैकी ईन्चार्ज काशीचन्द पाध्यायले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ५, १० र १५ शैया सम्मको अस्पताल नभएका स्थानिय पालिकाहरुमा अस्पतालको भवन बनाउने योजना अनुसार चुथि स्वास्थ्य चाैकि भवनकाे शिलान्यास भएको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले बताए ।
अस्पताल भवनका लागि आवस्यक पर्ने जग्गाको रुपमा हाललाई स्थानिय नागरिकको सहयोग तथा नगर वडाकाे सहयाेगमा सहयोगमा करिव ७.5 राेपनि जग्गा उपलब्ध गराउन सहमति भएसंगै साे भवनकाे देशभर एकैसाथ उद्धघाटन गरिएकाे जनाएकाे छ ।
१० शैयाको आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरिसकेको र अस्पतालको भवन निर्माणका लागी सरकारले सम्वन्धित स्थानिय पालिकालाई आंशिक बजेट समेत पठाईसकेकोले तत्काल भवनको लागल ईष्टिमेट, डिपीआर तथा सोयल टेस्टको काम अघि बढाईने नगरपालिका प्रशासन सहायक वीर बहादुर विष्टले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार