बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • जन्ती सवार जीप दुर्घटना, चारजनाको घटनास्थलमै मृत्यु

जन्ती सवार जीप दुर्घटना, चारजनाको घटनास्थलमै मृत्यु

  • शनिबार, मंसिर १३, २०७७
जन्ती सवार जीप दुर्घटना, चारजनाको घटनास्थलमै मृत्यु

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–७ स्थित पोखरामा जीप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ । आठबीसकोट–२०, घारीखोलाबाट जन्ती लिएर आठबिसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गएराति साढे ८ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा आठबीसकोट–८ का ४८ वर्षीय आइते चदारा, ५१ वर्षीय गोरे नेपाली, ६६ वर्षीय सार्के नेपाली र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

डीएसपी केसीका अनुसार दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते भएका छन् । घाइते नेपालीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जीप सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । रोकेर यात्रु ओरालिरहँदा जीप एक्कासी पछि सरेर दुर्घटना भएको बताइएको छ ।

जिप चालक भने फरार रहेको ढीएसपी केसीले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको र जीप चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार