बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • गुल्मी जिप दुर्घटनामा मृतकको संख्या ६ पुग्यो

गुल्मी जिप दुर्घटनामा मृतकको संख्या ६ पुग्यो

  • शुक्रबार, मंसिर १२, २०७७
गुल्मी जिप दुर्घटनामा मृतकको संख्या ६ पुग्यो

गुल्मी– गुल्मीमा भएको जिप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । शुक्रबार बिहाना इस्मा गाउँपालिकाबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जिप गाउँपालिकाको वडानम्बर-४ को हुलमा दुर्घटना हुँदा ६ जनाको मृत्यु् भएको हो ।

दुर्घटनामा ५ जनाको घटनास्थलमै र थप एकजनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

क्ने प्रहरीले आशंका गरेको छ। दुर्घटनामा जीप भिरबाट ४ सय मिटरभन्दा तल खसेको र चालक सकुसल रहेको कार्कीले बताए।

मृत्यु हुनेहरु इस्मा गाउँपालिका-४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षका शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका-५ का ८० वर्षीय थापा र गुल्मी अस्पतालमा उपचाररत १९ वर्षीय फर्सुराम थापा रहेका छन् ।

दुर्घटनामा इस्मा गाउँपालिका-४ हुलकै २८ वर्षीया सरस्वती दर्लामी र सहचाक २५ वर्षका कमल हितान घाइते भएका छन् । चालक वुद्ध बस्नेत भने सकुसल रहेका प्रहरीले जनाएको छ ।

घाइतेहरुको गुल्मी अस्पताल उपचार भइरहेको छ । प्रहरीका अनुसार जिपमा चालकसहित ९ जना सवार थिए । जिप सडकबाट करिब ४ सय मिटर तल खसेको छ ।

चर्चामा

सम्बन्धित समाचार