बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • यौनका विषयमा देशैपिच्छे फरक–फरक कानून, जानौं कुन देशमा के छ व्यवस्था

यौनका विषयमा देशैपिच्छे फरक–फरक कानून, जानौं कुन देशमा के छ व्यवस्था

किन हुन्छ पुरुषमा प्रजनन् स्वास्थ्यको समस्या ? यस्ता छन् कारण

  • बुधबार, मंसिर १०, २०७७
यौनका विषयमा देशैपिच्छे फरक–फरक कानून, जानौं कुन देशमा के छ व्यवस्था

जसरी देशैपिच्छे संस्कृति र इतिहास अलग–अलग हुन्छ ठीक उसैगरी देश अनुसार कानून पनि फरक नै हुन्छन् । यौनका विषयमा पनि देशैपिच्छे फरक–फरक कानून रहेको पाइन्छ । कतिपय देशमा कानूनले नै खुलेआम यौन सम्बन्ध राख्न छुट दिएको छ भने कयौं कतिपय देशमा यौनका बारेमा खुलेर कुरा गर्न समेत प्रतिबन्ध लगाएको छ ।

कतिपय देशमा अनौठा अनौठा व्यवस्था समेत छन् ।

स्पेन : स्पेनमा समुद्री किनारमा यौन राख्न प्रतिबन्ध छ । यदि यसो गरेको भेटिए जेल सँजायसम्मको व्यवस्था छ । यतिमात्र नभएर दण्डका रुपमा ७५ हजार डलर तिर्नु पर्ने कानूनी प्रावधान छ ।

अमेरिका : अमेरिकाको ओरिगनमा यौन सम्बन्धका बेला पुरुषले महिला पाटर्नरलाई अपशब्द बोल्न मनाई छ । यदि बोलेको पुष्टि भएमा कानुन अनुसार कारवाही हुन्छ ।

इण्डोनेसिया : यहाँ हस्तमैथुन गर्ने व्यक्तिलाई तत्काल फाँसीको सँजाय दिने कानुन छ ।

ओहियो : यो देशमा पुरुषको तस्विर अगाडी पनि महिलाले कपडा फुकाल्न नपाउने कानूनी व्यवस्था छ ।

ऐरिजोना : यहाँको अदालतले महिलाको छाती अर्थात ब्रेस्टलाई प्राइभेट अंगको रुपमा राखेको छैन् ।

हङकङ : हङकङमा यदि पतिले पत्नीलाई धोका दियो भने उसको ज्यान लिने अधिकार पत्नीलाई दिएको छ । तर, हातहतियार भने प्रयोग गर्न पाइदैन ।

बुडापेष्ट : यो देशमा बत्ती बालेर यौन सम्पर्क गर्नु अवैध मानिन्छ । बत्ती तथा उज्यालो हटाएर मात्रै यौन गर्नुपर्ने प्रावधान छ ।

किन हुन्छ पुरुषमा प्रजनन् स्वास्थ्यको समस्या ? यस्ता छन् कारण

प्रजनन् स्वास्थ्यसँग सम्बन्धी समस्या महिलामा मात्रै हुँदैन । यो समस्या पुरुषमा पनि हुने गर्छ । नेपाली समाजमा प्रजनन्सँग सम्बन्धी समस्या भयो भने सबैभन्दा पहिले महिलालाई बुुझ्ने परम्परा छ । तर, हालै गरिएको एक अध्ययन अनुसार विश्वमा ५५ प्रतिशत पुरुष प्रजनन् स्वास्थ्य समस्याबाट पीडित भएका छन् ।

डेनमार्कको आरहुस यूनिभर्सिटीका प्राध्यापक एनी थोरस्टेडका अनुसार खराब वातावरण भ्रुणको स्पर्म उत्पादन र प्रजनन् अङ्गको विकासका लागि हानिकारक हुन सक्छ । कम तौल भएर जन्मिने बच्चामा ठूलो भएपछि फर्टिलिटीको समस्या हुने गरेको लण्डनले गरेको अध्ययनमा पाइएको छ । अध्ययनमा सामान्यदेखि १० प्रतिशत कम तौल भएका ५५ प्रतिशत मानिसमा यो समस्या भएको पाइयो । जुन अध्ययनमा महिलालाई सहभागि गराइएको थिइएन ।

रिसर्च टीमका अनुसार यस अध्ययनमा कस्ता स्वास्थ्य समस्या भएकालाई सहभागि गराइयो त्यो पनि महत्वपूर्ण रहेको छ । प्राध्यापक थोरस्टेड

ले गर्भवति महिलाले धूम्रपान गर्ने गरेको अवस्थामा त्यसको प्रत्यक्ष असर गर्भमा रहेको शिशुमाथि पर्न जान्छ । शुरुआतमै बच्चामाथि यसको असर नदेखिएपनि लामो समयपछि बच्चाको शरीरमा यसको गलत असर देखिन थाल्छ ।

अध्ययनमा १९८४ देखि १९८७ का बीचमा जन्मेका ५ हजार ५ सय ९४ जना पुरुषलाई सहभागि गराइएको थियो । अध्ययनकर्ताले ८ दशमलव ३ प्रतिशत मानिसको तौल आफ्नो जन्मको समय २ दशमलव ८ किलोग्राम थियो उनमा पछि गएर प्रजनन् स्वास्थ्यको समस्याबाट गुज्रिनु परेको थियो । आरहुसका अध्ययनकर्ताका अनुसार अध्ययनमा सहभागि सबै सहभागि अहिले ३० देखि ४० उमेर समूहका छन् ।

चर्चामा

सम्बन्धित समाचार