शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • बामियानमा बम विष्फोट, १७ जनाको मृत्यु

बामियानमा बम विष्फोट, १७ जनाको मृत्यु

  • बुधबार, मंसिर १०, २०७७
बामियानमा बम विष्फोट, १७ जनाको मृत्यु
फाइल तस्विर

अफगानिस्तानको बामियान शहरमा भएको बम विष्फोटमा परेर १७ जनाको मृत्यु भएको छ । विष्फोटमा परेर ५० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । बामियान अफगानिस्तानको अत्यन्तै सुरक्षित प्रान्तहरुमध्ये एक हो । विष्फोटमा परेर मृत्यु हुनेमा एक ट्राफिक प्रहरी समेत रहेका छन् । मंगलबार अफगान राष्ट्रपति असरफ घानी क्षेत्रीय सहयोग संगठनको बैठकमा सहभागी भैरहेका बेला विष्फोट भएको हो ।

राष्ट्रपति घानीले बैठकमा दिगो शान्ति निर्माण गर्न कडा क्षेत्रीय जागरण आवश्यक भएकोमा जोड दिएका छन् । बामियान शहरको बीच बजारमा विष्फोट भएको स्थानीय अधिकारीहको भनाई उदृत गर्दै टोलो न्युजले जनाएको छ । अहिलेसम्म विष्फोटको जिम्मा कसैले लिएको छैन ।

चर्चामा

सम्बन्धित समाचार