शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बजार
  • एकै दिन सुनको मूल्य तोलामा १८०० घट्यो

एकै दिन सुनको मूल्य तोलामा १८०० घट्यो

  • मङ्लबार, मंसिर ९, २०७७
एकै दिन सुनको मूल्य तोलामा १८०० घट्यो

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ। यसैबीच मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार तोलामा १२१० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा ११८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार