शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • उत्तरकोरियाका नेता किम जाेङका भतिजा अचानक बेपत्ता

उत्तरकोरियाका नेता किम जाेङका भतिजा अचानक बेपत्ता

  • मङ्लबार, मंसिर ९, २०७७
उत्तरकोरियाका  नेता किम जाेङका भतिजा अचानक बेपत्ता

एजेन्सी । उत्तरकोरियाका सर्वोच्च नेता किम जोङ उनका भतिजा किम हान सोल एक्कासि बेपत्ता भएका छन् । उनी वेपत्ता भएलगत्तै अनेक शंका गर्न थालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । हान सोल किम जोङ उनका सौतने भाई किम जोङ नामका छोरा हुन् । किम जोङ नामलार्य सन् २०१७ मा क्वालालाम्पुर एयरपोर्टमा हत्या गरिएको थियो ।

उनको हत्याको आरोपमा एक भियतनामी र इन्डोनेसियाई महिलाहरु पक्राउ परेका थिए । त्यसबेला नामको हत्या उत्तरकोरियाका नेता किम जोङ उनसँग पनि जोडिएको थियो । तर प्योङयाङले उक्त आरोपको खण्डन गरेको थियो । तर अहिले पनि किमकै भतिजा बेपत्ता भएपछि उत्तरकोरियातर्फ प्रश्न उठिरहेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामरुका अनुसार अहिले बेपत्ता भएका सोल, उनकी बहिनी र आमाले सन् २०१७ मै गोप्य ढंगले उत्तरकोरिया छाडेका थिए । सोल अन्तिमपटक अमेरिकी गुप्तचर एजेन्सी (सिआइए)का एक एजेन्टसँग देखिएका थिए । त्यसपछि उनको बारेमा केही खबर बाहिर नआएको जनाइएको छ ।

आफ्नो पिताको हत्यापछि उनी सार्वजनिक जीवन र चर्चाबाट टाढिएका थिए । सञ्चारमाध्यामहरुका अनुसार सोलमाथि कुनै खतरा देखिएर सिआईएले कुनै गोप्य ठाउँमा सुरक्षा घेरामा राखिएको हुनसक्ने अनुमान पनि गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार