बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • शिक्षा
  • कक्षा १२ का १८ हजारले होम सेन्टरमा परीक्षा नदिने

कक्षा १२ का १८ हजारले होम सेन्टरमा परीक्षा नदिने

  • सोमवार, मंसिर ८, २०७७
कक्षा १२ का १८ हजारले होम सेन्टरमा परीक्षा नदिने

नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण कक्षा १२ को अन्तिम परीक्षा सम्बन्धित विद्यालयमै सञ्चालन हुँदैछ । देशभरिका ४ हजार १०५ वटा विद्यालयलाई नै परीक्षा केन्द्र तोकिएका छन् ।

तर सबै विद्यार्थीले ‘होम सेन्टर’ रोजेका छैनन् । १७ हजार ९०२ विद्यार्थीले फरक जिल्लाका विद्यालयबाट परीक्षा दिन आवेदन दिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद आर्यालले जानकारी दिए ।

बोर्डले आफू अध्ययन गरेको विद्यालयमा उपस्थित भएर परीक्षा दिन नसक्ने परीक्षार्थीले यसअघि पेश गरेको विवरणको आधारमा परीक्षामा सहभागी हुने व्यवस्था गरेको थियो ।

नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार परीक्षा सञ्चालन गरिने बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रप्रसाद पौडेलले जानकारी दिए । पछि परीक्षा दिने व्यवस्था मिलाइएकाले कोभिड–१९ संक्रमित परीक्षार्थीलाई मंगलबार सुरु हुने परीक्षामा सहभागी नहुन पौडेलले आग्रह गरे ।

मंगलबार विहान ८ बजे सुरू हुने परीक्षाका लागि ४ लाख ३३ हजार १८० विद्यार्थीले आवेदन दिएका छन् । परीक्षा बोर्डले ४० पूर्णाङ्कको परीक्षा लिन लागेको हो ।

चर्चामा

सम्बन्धित समाचार