शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सदन भित्र नेताको मारा मार (गजल)

सदन भित्र नेताको मारा मार (गजल)

  • सोमवार, मंसिर ८, २०७७
सदन भित्र नेताको मारा मार (गजल)

सडकमा जनताको हाहाकार भएकोछ,
सदन भित्र नेताको मारा मार भएकोछ।

कसै कसैले मूर्दालाई जगाउँन जापगर्दा,
गणतन्त्रमा पनि बिस्तारै दरार भएकोछ।

सरकारको कम्जोरीले प्रतिगामि खतरा,
देशमा दिन रात त्यो लगातार भएकोछ।

बिडम्बना गणतन्त्र सँगै संघियता आयो,
त्यसैले देश र जनतालाई भार भएकोछ।

बहुदलको अफ्सान देश टुक्रा-टुक्रा पार्ने,
संघियता पनि त ठुलो आधार भएकोछ।

जनता जस्लाई कम्युनिष्ट संझि मत दियौँ,
कम्युनिष्टकै जरा कट्ने औजार भएकोछ।

सर्वजातनै माछो माछो भ्यागुतो भयपछि,
लाग्छ राष्ट्रियता जनतन्त्रमै हार भएकोछ।

जस्लाई देशभक्त भनी देशकै चाबी दियौँ,
लाग्छ त्यो देश जनताकै गद्धार भएकोछ।
सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार