शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • देशभर २४ हजार सक्रिय संक्रमित, पछिल्लो २४ घण्टामा १६७४ कोरोना संक्रमण पुष्टि

देशभर २४ हजार सक्रिय संक्रमित, पछिल्लो २४ घण्टामा १६७४ कोरोना संक्रमण पुष्टि

  • शनिबार, मंसिर ६, २०७७
देशभर २४ हजार सक्रिय संक्रमित, पछिल्लो २४ घण्टामा १६७४ कोरोना संक्रमण पुष्टि

नेपालमा कोरोनाभाइरस संक्रमण निको हुनेको संख्या बढ्दै गएको छ । शनिबारसम्म १ लाख ९३ हजार ३२५ जना कोरोनाभाइरसस संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख १८ हजार ६३९ जनामा संक्रमण पुष्टि भएकोमा सो संख्यामा निको भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर मात्र २४ हजार ९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय सक्रिय संक्रमितको संख्या घट्दै गएको हो । मन्त्रालयको तथ्यांकअनुसार संक्रमणमुक्त हुने दर ८८.४ प्रतिशत रहेको छ ।

बितेको २४ घण्टामा देशभर ६६१ पुरुष र १०१३ महिलासहित १६७४ जनामा संक्रमण पुष्टि भएको छ भने निको हुनेको संख्या २३२३ रहेको छ । यस्तै पछिल्लो २४ घण्टमा थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या १३०५ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ८ हजार १४४ जनाको पीसीआर परीक्षण भएसँगै कुल परीक्षण १६ लाख ५२ हजार ४३ पुगेको छ।

यसैबीच बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ८९९ जना संक्रमित थपिएका छन् । संक्रमितमा ३८७ महिला र ५१२ पुरुष रहेका छन् । यससँगै काठमाडौंमा १० हजार १०१, भक्तपुरमा ७९६ र ललितपुरमा २ हजार ११४ जना सक्रिय संक्रमित रहेका छन् ।
हाल मनाङ र मुगुमा १ जना पनि संक्रमित रहेका छैनन् । यस्तै हाल काठमाडौं उपत्यकासहित झापा, मोरङ, सुनसरी, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार