शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • जन्तीबाट फर्किएको जीप ट्रकसँग ठोक्किदा, ६ बच्चासहित सबै १४ जनाको मृत्यु

जन्तीबाट फर्किएको जीप ट्रकसँग ठोक्किदा, ६ बच्चासहित सबै १४ जनाको मृत्यु

  • शुक्रबार, मंसिर ५, २०७७
जन्तीबाट फर्किएको जीप ट्रकसँग ठोक्किदा, ६ बच्चासहित सबै १४ जनाको मृत्यु

 बिहिबार अबेर राती सडक दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । भारतको उत्तरप्रदेशको प्रतापगढ जिल्लामा ६ बच्चा पनि समावेश छन् । भारतीय समाचार माध्यम दैनिक भास्करका अनुसार प्रहरीले ड्राइभर निदाएको हुनसक्ने अनुमान गरेको छ । जिप यति नराम्रोसँग ठोक्किएको थियो कि त्यसको ढोका काटेर शव बाहिर निकाल्नुपरेको थियो ।

प्रहरी अधिकारीका अनुसार गाडीमा बसेका सबै एक विवाह समारोहबाट कुण्डा इलाकाको आफ्नो गाउँ फर्किरहेका थिए । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको कार्यालयले मुख्यमन्त्रीले दुर्घटनामाथि दुःख जताउँदै अधिकारीलाई दुर्घटनास्थलमा जान र पीडितलाई हरसम्भव मद्दत गर्न निर्देशन दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार